मड्रिडले सोसिडाडलाई ३–१ ले हरायो « Khabarhub

मड्रिडले सोसिडाडलाई ३–१ ले हरायो


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस लिगमा रियल मड्रिडले सहज जीत आत्मसाथ गरेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले घरेलु मैदानमा रियल सोसिडाडलाई ३–१ गोल अन्तरले पाखा लगाएको छ ।

जितसंगै रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । बार्सा गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ । वैकल्पिक खेलाडीको रुपमा ग्यारेथ वेल मैदान छिरेका थिए । तर उनले मिश्रित किसिमको प्रतिक्रिया पाएका थिए ।

डी सिल्भाको गोलमार्फत पाहुना टोली सोसिडाडले खेलमा अग्रता बनाएको थियो । करिम बेन्जिमाले ३७ औ मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काएका थिए ।

फेडरिको भाल्भर्डेले ४७ औ मिनेटमा घरेलु टोलीलाई २–१ ले अघि बढाए । लुका मोड्रिचले ७४ औ मिनेटमा गोल गर्दै रियललाई सहज जित दिलाएका थिए ।

रियलले १३ खेलबाट २८ अंक जोड्यो । सोसिडाड २३ अंक सहित पाँचौ स्थानमा रह्यो ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ७ : ४५ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को