मड्रिडले सोसिडाडलाई ३–१ ले हरायो | Khabarhub Khabarhub

मड्रिडले सोसिडाडलाई ३–१ ले हरायो


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस लिगमा रियल मड्रिडले सहज जीत आत्मसाथ गरेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले घरेलु मैदानमा रियल सोसिडाडलाई ३–१ गोल अन्तरले पाखा लगाएको छ ।

जितसंगै रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । बार्सा गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ । वैकल्पिक खेलाडीको रुपमा ग्यारेथ वेल मैदान छिरेका थिए । तर उनले मिश्रित किसिमको प्रतिक्रिया पाएका थिए ।

डी सिल्भाको गोलमार्फत पाहुना टोली सोसिडाडले खेलमा अग्रता बनाएको थियो । करिम बेन्जिमाले ३७ औ मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काएका थिए ।

फेडरिको भाल्भर्डेले ४७ औ मिनेटमा घरेलु टोलीलाई २–१ ले अघि बढाए । लुका मोड्रिचले ७४ औ मिनेटमा गोल गर्दै रियललाई सहज जित दिलाएका थिए ।

रियलले १३ खेलबाट २८ अंक जोड्यो । सोसिडाड २३ अंक सहित पाँचौ स्थानमा रह्यो ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ७ : ४५ बजे

भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली