सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार « Khabarhub

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान सरकारले विगतका ठूला भ्रष्टाचार काण्डहरूको सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताएका छन् । 

बुधबार रिपोटर्स क्लबले काठमाडौंमा गरेको साक्षात्कारमा सचेतक परियारले पूर्ववर्ती सरकारहरूका पालामा भएका एनसेल काण्ड, गिरीबन्धु टी–इस्टेट, भुटानी शरणार्थी प्रकरणलगायत करिब २५ वटा खर्बौंका ठूला काण्डहरूको सुक्ष्म रुपमा अनुसन्धान भइरहेको बताएका हुन् । समय आएपछि गहिरो अनुसन्धान गरी दोषीलाई आजीवन काराबाससम्म पुर्याउने प्रयास भइरहेको उनले बताए ।

उनले विपक्षीको शक्ति र सहिष्णुतालाई समेत कदर गर्दै सँगसँगै लिएर अघि बढ्ने परिपक्वता रास्वपामा रहेको तर्क गरे । 

जनमतको अवमूल्यन नहोस् भनी आफूहरूले नियमित आत्मसमीक्षा गर्ने गरेको र जस्तोसुकै चुनौतीमा पनि पछि नहटी दृढ भएर अगाडि बढ्ने प्रण गरिएको उनको भनाइ छ ।  

परियारले सुशासन, सामाजिक न्याय, स्वाधीनता र समृद्धिमार्फत आगामी एक दशकभित्र नेपाललाई दक्षिण एसियाकै सम्मानजनक आय भएको राष्ट्र बनाउने संकल्पसहित अहोरात्र खटिरहेको धारणा राखे । 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  २ : ४७ बजे

प्रतिनिधिसभाबाट चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौं– प्रतिनिधिसभाले चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने

गाउँभर जमिनमा धाँजा फाट्यो, जोखिममा बस्ती (तस्बिरहरू)

काठमाडौं– निरन्तरको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका–६, ठूलो ज्यामिरेलगायत क्षेत्रमा जमिन

४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण ४८ घण्टाभित्र पेश

अझै निकाल्न नसकिएको राइनो क्रुज

चितवन– नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा बगाएको

नोटबन्दी गर्ने रास्वपा सांसद्को प्रस्तावमा नेकपा सांसदको समर्थन

काठमाडौं– प्रतिनिधिसभा बैठकमा नोटबन्दी गर्नुपर्ने विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र