क्यानडामा जस्टिन ट्रुडोले बनाए हिन्दू महिलालाई मन्त्री  | Khabarhub Khabarhub

क्यानडामा जस्टिन ट्रुडोले बनाए हिन्दू महिलालाई मन्त्री 


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानडा- क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले गठन गरेको नयाँ मन्त्रिपरिषदमा एक हिन्दू महिलाले पनि ठाउँ पाएकी छिन् ।

नयाँ मन्त्रिपरिषदमा भारतीय मूलकी हिन्दू महिला अनिता इन्दिरा आनन्दले पनि मन्त्री बन्ने अवसर पाएकी हुन् । सम्भवतः क्यानडाको इतिहासमै हिन्दू धर्मावलम्वीको प्रतिनिधित्व गर्ने पहिलो मन्त्री नै उनी भएको बताइन्छ ।

प्रधानमन्त्री जस्टिनले भने आफूले विविधतालाई महत्व दिएको प्रतिक्रिया दिएका छन् । क्यानडामा अरु तीनजना भारतीय मूलका नेता पनि मन्त्री बनिसकेका छन् ।

आनन्द अक्टोबर महिनामा पहिलो पटक सांसदमा निर्वाचित भएकी थिइन् । नयाँ मन्त्रिपरिषद्मा उनलाई सार्वजनिक सेवा र खरीद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

कानूनको प्राध्यापक समेत रहेकी आनन्द टोरन्टो विश्वविद्यालयमा अध्यापन गर्छिन् । आनन्द नोभा स्कोटियाको केन्टभिल्ला सहरमा जन्मिएकी हुन् ।

उनका बावु–आमा दुबै स्वास्थ्य क्षेत्रमा थिए । उनकी आमा सरोज राम भारतको अमृतसरकी थिइन् भने बावु एसभी आनन्द तामिलनाडुकाका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ५ : ३३ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी