भारत-इटाली सम्बन्ध नयाँ चरणमा « Khabarhub

भारत-इटाली सम्बन्ध नयाँ चरणमा


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपेली संघ (इयू) र भारतबीचको द्विपक्षीय व्यापार सम्झौतालाई अन्तिम रूप दिने प्रक्रिया अघि बढिरहँदा इटाली र भारतबीचको सम्बन्ध रणनीतिक साझेदारीको नयाँ चरणमा प्रवेश गरेको छ । युरोपेली आयोगले हालै उक्त सम्झौताको हस्ताक्षर र कार्यान्वयनका लागि काउन्सिल समक्ष औपचारिक प्रस्ताव पेस गरेसँगै विश्वको कुल गार्हस्थ उत्पादनको एक चौथाइ हिस्सा ओगट्ने यो सहकार्यले नयाँ गति लिएको छ ।

यसैबीच, इटालीको जोन क्याबोट विश्वविद्यालयअन्तर्गतको गुआरिनी इन्ष्टिट्युट अफ पब्लिक अफेयर्सले पहिलो इटाली–भारत ट्र्याक १.५ संवाद आयोजना गरेको छ । रोममा सम्पन्न उक्त उच्चस्तरीय संवादमा आगामी सन् २०२७ मा मनाइने कूटनीतिक सम्बन्धको ८०औँ वार्षिकोत्सवलाई मध्यनजर गर्दै व्यापार, रक्षा, प्रविधि, र आपूर्तिको सुरक्षा जस्ता विषयमा गहन छलफल भएको छ ।

रोम र नयाँ दिल्लीले सन् २०२३ मा रणनीतिक साझेदारी सुरु गरेका थिए भने गत मे महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इटाली भ्रमणका क्रममा यसलाई ‘विशेष रणनीतिक साझेदारी’मा स्तरवृद्धि गरिएको थियो।

दुई देशले सन् २०२९ सम्ममा वार्षिक द्विपक्षीय व्यापार २० अर्ब पुर्याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखेका छन्। यसबाहेक, रक्षा सहकार्य, समुद्री सुरक्षा, र इन्डो–मेडिटेरेनियन क्षेत्रमा ग्रिड कनेक्टिभिटी तथा व्यापारिक करिडोर विस्तार गर्ने विषयमा समेत दुवै मुलुकबीच सहकार्य तीव्र पारिएको छ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ७ : ३६ बजे

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (लाइभ)

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको