काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिका–८ फोर्से बजार तहसनहस बनेको छ ।
बाढीले फोर्सेका ७५ घर–टहरा बगाएको छ भने २७ घर उच्च जोखिममा छन् । बाढीबाट करिब ३ सय जना प्रभावित भएका छन् ।
प्रभावित स्थानीयलाई टेन्टमा राखिएको छ । कालीगण्डकीको कटानले सयौँ मुरी धान फल्ने खेत र फोर्से बजार बगरमा परिणत भएका छन् ।
तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी




































प्रतिक्रिया