निक जोनससँग यो काम गर्न चाहँदिनन् प्रियंका, बताइन् कारण « Khabarhub

निक जोनससँग यो काम गर्न चाहँदिनन् प्रियंका, बताइन् कारण


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ग्लोबल आइकन प्रियंका चोपडा र निक जोनस बलिउडमा मात्र नभएर हलिउडमा पनि चर्चामा छिन् । यी दुईको चर्चा भइरहन्छ ।

दुवै एकअर्काको प्रेममा डुबेका छन् । तर, प्रियंकाले निकसँग मिलेर गर्न मन नपराउने एउटा काम छ ।

प्रियंका चोपडाले हालै एक च्याट शो मा यसबारेमा खुलासा गरिन् । उनले निक जोनससँग व्यावसायिक रुपमा कुनै पनि गीत गाउन नचाहेको बताइन् ।

संगीतको शोखिन प्रियंका कैयनपटक निक जोनसको गीत गाएको अवस्थामा देखिन्छिन् तर उनी व्यावसायिक रुपमा भने निकको गीतमा देखिन चाहँदिनन् ।

च्याट शोमा कुराकानी गर्दै प्रियंकाले आफूलाई संगीत खुबै मन पर्ने तर यो क्षेत्रका बारेमा खासै थाहा नभएकाले गीत गाउन नचाहेको बताइन् ।

प्रियंकाले भनिन् – निकले आफै गीत गाउँछन् । आफै लेख्छन् । कम्पोज पनि आफै गर्छन् ।

प्रियंकाले सुनाइन् कि, निकले हरेक बिहान उनका लागि विशेष प्रस्तुति दिने गर्छन् । प्रियंकाका लागि भनेर निकले पियानोमा गीत गाउने गर्छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १ : ४२ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित