निक जोनससँग यो काम गर्न चाहँदिनन् प्रियंका, बताइन् कारण « Khabarhub

निक जोनससँग यो काम गर्न चाहँदिनन् प्रियंका, बताइन् कारण


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ग्लोबल आइकन प्रियंका चोपडा र निक जोनस बलिउडमा मात्र नभएर हलिउडमा पनि चर्चामा छिन् । यी दुईको चर्चा भइरहन्छ ।

दुवै एकअर्काको प्रेममा डुबेका छन् । तर, प्रियंकाले निकसँग मिलेर गर्न मन नपराउने एउटा काम छ ।

प्रियंका चोपडाले हालै एक च्याट शो मा यसबारेमा खुलासा गरिन् । उनले निक जोनससँग व्यावसायिक रुपमा कुनै पनि गीत गाउन नचाहेको बताइन् ।

संगीतको शोखिन प्रियंका कैयनपटक निक जोनसको गीत गाएको अवस्थामा देखिन्छिन् तर उनी व्यावसायिक रुपमा भने निकको गीतमा देखिन चाहँदिनन् ।

च्याट शोमा कुराकानी गर्दै प्रियंकाले आफूलाई संगीत खुबै मन पर्ने तर यो क्षेत्रका बारेमा खासै थाहा नभएकाले गीत गाउन नचाहेको बताइन् ।

प्रियंकाले भनिन् – निकले आफै गीत गाउँछन् । आफै लेख्छन् । कम्पोज पनि आफै गर्छन् ।

प्रियंकाले सुनाइन् कि, निकले हरेक बिहान उनका लागि विशेष प्रस्तुति दिने गर्छन् । प्रियंकाका लागि भनेर निकले पियानोमा गीत गाउने गर्छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १ : ४२ बजे

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र