नेशनल मेडिकल कलेजमा छात्रामाथि दुर्व्यवहारको छानविन गर्न समिति गठन « Khabarhub

नेशनल मेडिकल कलेजमा छात्रामाथि दुर्व्यवहारको छानविन गर्न समिति गठन


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेशनल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि  भएको दुर्व्यवहारको जिल्ला प्रशासन कार्यालय पर्साले छानविन गर्ने भएको छ ।

शुक्रबार कलेजले बढी लिएको शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत मेडिकल विद्यार्थीमाथि दुर्व्यवहार र हातपात भएको भन्दै मेडिकल विद्यार्थीहरुले शुक्रबार राति जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएका थिए ।

आन्दोलनरत विद्यार्थीहरुले आफुहरु मेडिकल कलेजकै होस्टल भित्र असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेपछि जिल्ला प्रशासन कार्यलयले घटनाको छानविन गर्न ४ सदस्यीय समिति समेत बनाएको छ ।

प्रमूख जिल्ला अधिकारी नायारण प्रसाद भट्टराईका अनुसार विद्यार्थीले आफूहरु असुरक्षित भएको बताएपछि मेडिकल कलेज भित्र भइरहेको गतिविधि र सुरक्षा अवस्थाबारे बुझ्न समिति बनाइएको हो ।

‘जिल्ला प्रशासन कार्यलयको प्रशासनिक अधिकृतको संयोजकत्वमा ४ सदस्यीय समिति बनाएका छौं, त्यो समितिले नेशनल मेडिकल कलेजभित्र भएको सुरक्षा अवस्थाको विषयमा छानविन गर्दै छ,’ प्रमुख जिल्ला अधिकारी भट्टलाईले खबरहबसँग भने, ‘बाहिर आन्दोलन हुँदा त विद्यार्थीहरु प्रहरीकै संरक्षणमा हुन्छन् तर रातिको समयमा होस्टलभित्र हप्काउने, दण्डित गर्ने काम हुन्छ भनेर गुनासो गरेका थिए । त्यसैको विषयमा सत्यतथ्य बुझ्न समिति बनाइएको हो ।’

विहीबार शुल्क फिर्ताका लागि दवाव दिन विद्यार्थीले गरेको धर्नापछि मेडिकल कलेजले विद्यार्थीलाई राती १० बजेसम्म होस्टलभित्र पस्न समेत निषेध गरेको थियो । विद्यार्थीहरुले शुक्रबार गरेको आन्दोलनमा मेडिकल कलेज सञ्चालकले माथिल्लो ब्याजका विद्यार्थी नै लगाएर आफूहरु माथि दुर्व्यवहार भएको बताएका थिए ।

आन्दोलनरत छात्राहरुले कलेज संचालकको निर्देशनमा सिनियर छात्रहरुले दुर्व्यवहार गरेको भन्दै उजुरी गरेका थिए । विद्यार्थीको उजुरी पछि शनिबार आन्दोलनरत विद्यार्थी र कलेज सञ्चालकबीच जिल्ला प्रशासन कार्यलयमै छलफल समेत भएको थियो । दुबैपक्षबीच घटनाको विषयमा छानविन गर्ने सहमति अनुसार जिल्ला प्रशासन कार्यलयले छानविन थालेको हो ।

जिल्ला प्रशासन कार्यलयले बनाएको समितिले दुर्व्यवहारको घटनाको विषयमा मात्र छानविन गर्न लागेको प्रमूख जिल्ला अधिकारी भट्टराईको भनाइ छ । मेडिकल कलेजले गरेको ठगीको विषयमा भने अहिले छानविन नगर्ने र विद्यार्थीहरुलाई ठगीको प्रमाणसहित उजुरी गर्न मात्र भनिएको उनको भनाइ छ ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानमा नेसनल मेडिकल कलेजले एमबीबीएस भर्नामा विद्यार्थीसँग ३२ करोड ५५ लाख ९१ हजार ५ सय बढी रकम लिएको देखिएको छ ।

सरकारले बढी शुल्क लिने मेडिकल कलेजलाई शुल्क फिर्ताको लागि कात्तिक २५ गते १५ दिनको अन्तिम समयसिमा दिइसकेको छ ।सरकारको अल्टिमेटम सकिनै लाग्दा पनि नेशनल मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता नगरेको विद्यार्थीहरूको गुनासो छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ८ : ३० बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका