नेशनल मेडिकल कलेजमा छात्रामाथि दुर्व्यवहारको छानविन गर्न समिति गठन « Khabarhub

नेशनल मेडिकल कलेजमा छात्रामाथि दुर्व्यवहारको छानविन गर्न समिति गठन


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेशनल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि  भएको दुर्व्यवहारको जिल्ला प्रशासन कार्यालय पर्साले छानविन गर्ने भएको छ ।

शुक्रबार कलेजले बढी लिएको शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत मेडिकल विद्यार्थीमाथि दुर्व्यवहार र हातपात भएको भन्दै मेडिकल विद्यार्थीहरुले शुक्रबार राति जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएका थिए ।

आन्दोलनरत विद्यार्थीहरुले आफुहरु मेडिकल कलेजकै होस्टल भित्र असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेपछि जिल्ला प्रशासन कार्यलयले घटनाको छानविन गर्न ४ सदस्यीय समिति समेत बनाएको छ ।

प्रमूख जिल्ला अधिकारी नायारण प्रसाद भट्टराईका अनुसार विद्यार्थीले आफूहरु असुरक्षित भएको बताएपछि मेडिकल कलेज भित्र भइरहेको गतिविधि र सुरक्षा अवस्थाबारे बुझ्न समिति बनाइएको हो ।

‘जिल्ला प्रशासन कार्यलयको प्रशासनिक अधिकृतको संयोजकत्वमा ४ सदस्यीय समिति बनाएका छौं, त्यो समितिले नेशनल मेडिकल कलेजभित्र भएको सुरक्षा अवस्थाको विषयमा छानविन गर्दै छ,’ प्रमुख जिल्ला अधिकारी भट्टलाईले खबरहबसँग भने, ‘बाहिर आन्दोलन हुँदा त विद्यार्थीहरु प्रहरीकै संरक्षणमा हुन्छन् तर रातिको समयमा होस्टलभित्र हप्काउने, दण्डित गर्ने काम हुन्छ भनेर गुनासो गरेका थिए । त्यसैको विषयमा सत्यतथ्य बुझ्न समिति बनाइएको हो ।’

विहीबार शुल्क फिर्ताका लागि दवाव दिन विद्यार्थीले गरेको धर्नापछि मेडिकल कलेजले विद्यार्थीलाई राती १० बजेसम्म होस्टलभित्र पस्न समेत निषेध गरेको थियो । विद्यार्थीहरुले शुक्रबार गरेको आन्दोलनमा मेडिकल कलेज सञ्चालकले माथिल्लो ब्याजका विद्यार्थी नै लगाएर आफूहरु माथि दुर्व्यवहार भएको बताएका थिए ।

आन्दोलनरत छात्राहरुले कलेज संचालकको निर्देशनमा सिनियर छात्रहरुले दुर्व्यवहार गरेको भन्दै उजुरी गरेका थिए । विद्यार्थीको उजुरी पछि शनिबार आन्दोलनरत विद्यार्थी र कलेज सञ्चालकबीच जिल्ला प्रशासन कार्यलयमै छलफल समेत भएको थियो । दुबैपक्षबीच घटनाको विषयमा छानविन गर्ने सहमति अनुसार जिल्ला प्रशासन कार्यलयले छानविन थालेको हो ।

जिल्ला प्रशासन कार्यलयले बनाएको समितिले दुर्व्यवहारको घटनाको विषयमा मात्र छानविन गर्न लागेको प्रमूख जिल्ला अधिकारी भट्टराईको भनाइ छ । मेडिकल कलेजले गरेको ठगीको विषयमा भने अहिले छानविन नगर्ने र विद्यार्थीहरुलाई ठगीको प्रमाणसहित उजुरी गर्न मात्र भनिएको उनको भनाइ छ ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानमा नेसनल मेडिकल कलेजले एमबीबीएस भर्नामा विद्यार्थीसँग ३२ करोड ५५ लाख ९१ हजार ५ सय बढी रकम लिएको देखिएको छ ।

सरकारले बढी शुल्क लिने मेडिकल कलेजलाई शुल्क फिर्ताको लागि कात्तिक २५ गते १५ दिनको अन्तिम समयसिमा दिइसकेको छ ।सरकारको अल्टिमेटम सकिनै लाग्दा पनि नेशनल मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता नगरेको विद्यार्थीहरूको गुनासो छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ८ : ३० बजे

सरकारले नेपाललाई किन गरिबकै सूचीमा राख्नन चाहेको हो ?

काठमाडौं- सरकारले नेपाललाई कम विकसित मुलुक (एलडीसी)कै सूचीमा राखिरहने व्यवस्था

क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

नयाँ दिल्ली- अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीहरूले

खनिज आपूर्ति सुरक्षित गर्न भारत–अमेरिकाबीच ऐतिहासिक सम्झौता

नयाँ दिल्ली- भारत र संयुक्त राज्य अमेरिकाले मङ्गलबार महत्वपूर्ण खनिज

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

सियोल- उत्तर कोरियाले मङ्गलबार आफ्नो पश्चिमी तटबाट अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ

बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वर्षको बजेट मुख्यरूपमा