ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल « Khabarhub

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो बोल्सोनारोले अग्रता लिएका छन् । पहिलो चरणको मतदानमा ४७ प्रतिशत मतसहित वर्तमान राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भालाई फ्लेभियोले पछि पारेका हुन् । लुलाले ४५ प्रतिशत मत पाएका छन् ।

उनीहरूबीच अक्टोबर २५ मा दोस्रो चरणको प्रतिस्पर्धा हुनेछ । बोल्सोनारो परिवारका अन्य सदस्यले पनि निर्वाचनमा सफलता हासिल गरेका छन् । परिवारसम्बद्ध लिबरल पार्टीले सिनेटका ५४ मध्ये १९ सिट जित्दै सबैभन्दा ठूलो शक्ति बनेको छ ।

जाइर बोल्सोनारोकी पत्नी मिशेलले फेडरल डिस्ट्रिक्टबाट सिनेटका लागि सबैभन्दा धेरै मत प्राप्त गरेकी छन् भने उनका छोरा कार्लोस सान्ता क्याटरिनामा दोस्रो धेरै मत पाउने सिनेट उम्मेदवार बनेका छन् । सबैभन्दा कान्छा छोरा जाइर रेनान र जाइरका भाइ रेनाटो पनि क्रमशः सान्ता क्याटरिना र साओ पाउलोबाट सङ्घीय सांसदमा निर्वाचित भएका छन् ।

जाइर बोल्सोनारोलाई सत्ता कब्जाको षड्यन्त्रमा दोषी ठहर गरिएपछि सन् २०३० सम्म निर्वाचनमा उम्मेदवार बन्न प्रतिबन्ध लगाइएको छ । फ्लेभियो राष्ट्रपतिमा निर्वाचित भएमा जेलमा रहेका पितालाई माफी दिलाउने प्रतिबद्धता पूरा गर्न परिवारका सांसदहरूको सहयोग लिन सक्नेछन् ।

त्यसका लागि काङ्ग्रेसका दुवै सदनको स्वीकृति आवश्यक पर्नेछ । लुला पुनः निर्वाचित हुनुभए पनि रूढीवादी सांसदहरूको प्रभाव रहेको काङ्ग्रेसबाट आफ्ना नीति अघि बढाउन उनलाई चुनौती हुने देखिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ३ : २४ बजे

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौँ– भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा