कलाकारलाई फिल्मले हैन, चरित्रले चिनाउने हो: आर्यन सिग्देल « Khabarhub

कलाकारलाई फिल्मले हैन, चरित्रले चिनाउने हो: आर्यन सिग्देल


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएको शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘चच हुई’ मा आर्यन सिग्देलको शीर्ष भूमिका छ । यो फिल्मको बक्स अफिसमा खासै सुखद ओपनिङ भएन । यद्यपि आर्यनको अभिनयको भने तारिफ भयो ।

फिल्ममा आर्यनले बुबाको खोजीमा रहेका एक युवकको भूमिका निभाएका छन् । उनलाई भोलाराज सापकोटाले मिल्ने साथी बनेर पर्दामा साथ दिएका छन् ।

फिल्ममा अभिनय राम्रै गरे पनि आर्यनको खासै चर्चा छैन । साम्तेन भुटियाले निर्देशन गरेका कारण पनि फिल्म अझ स्तरीय बन्ने धेरैको अनुमान थियो । तर, फिल्म औसत प्रतिक्रियामा थन्कियो ।

आर्यनले भने फिल्मले भन्दा पनि चरित्रले कलाकारलाई जीवन दिने बताए । साथै उनले हिन्दी फिल्म ‘पद्मावत’ मा रणवीर सिंहको चरित्रको उदाहरण दिए ।

‘रणवीर सिंहले अरु पनि फिल्ममा काम गरेका थिए नि, तर जब पद्मावत रिलिज भयो, त्यसपछि उनको अभिनय खारिएको देखियो,’ आर्यनले अगाडि थपे, ‘किनकि, उनले त्यही अनुसारको चरित्र पाए ।’

आर्यनले आफूले यदि चरित्र फरक पाएको खण्डमा कलाकारले सहजै अभिनय गर्न सक्ने बताए । उनले भने, ‘अभिनय गर्न त जुन कलाकारले पनि सक्छ नि, कलाकारले चरित्र कस्तो पाउँछ भन्ने हो ।’

त्यसो त नेपालमा चरित्रलाई ख्याल गरेर खासै फिल्म बनाएको पाइँदैन । कलाकार प्रायः उही परिवेशमा बाँचेको फिल्ममा देखाइएको हुन्छ । आर्यन पनि उस्तै खालको चरित्रमा अभिनय गर्दै आएका छन् ।

यतिबेला भने आर्यनले दमदार चरित्रको प्रतीक्षा गरेका छन् । कुनै बेला फिल्म उद्योगमा एकपछि अर्को गर्दै हिट फिल्म दिएका आर्यन पछिल्लो समय भने खासै जम्न सकेका छैनन् ।

यसअघि उनको शीर्ष भूमिका रहेको फिल्म ‘हजार जुनीसम्म’ पनि व्यावसायिक रुपमा असफल रहेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ५ : १७ बजे

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना

दुई फर्ममाथि विभागको जरिवाना

काठमाडौँ– नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

पर्वतमा अफ्रिकन स्वाइन फ्लुबाट ४६ बङ्गुर मरे

पर्वत– पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको

अन्तर्राष्ट्रिय बौद्धिक विमर्शमा सहभागी हुन आज दिल्ली जाँदै बाबुराम

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको नयाँ दिल्लीमा आयोजना

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ– जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई