कलाकारलाई फिल्मले हैन, चरित्रले चिनाउने हो: आर्यन सिग्देल | Khabarhub Khabarhub

कलाकारलाई फिल्मले हैन, चरित्रले चिनाउने हो: आर्यन सिग्देल


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएको शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘चच हुई’ मा आर्यन सिग्देलको शीर्ष भूमिका छ । यो फिल्मको बक्स अफिसमा खासै सुखद ओपनिङ भएन । यद्यपि आर्यनको अभिनयको भने तारिफ भयो ।

फिल्ममा आर्यनले बुबाको खोजीमा रहेका एक युवकको भूमिका निभाएका छन् । उनलाई भोलाराज सापकोटाले मिल्ने साथी बनेर पर्दामा साथ दिएका छन् ।

फिल्ममा अभिनय राम्रै गरे पनि आर्यनको खासै चर्चा छैन । साम्तेन भुटियाले निर्देशन गरेका कारण पनि फिल्म अझ स्तरीय बन्ने धेरैको अनुमान थियो । तर, फिल्म औसत प्रतिक्रियामा थन्कियो ।

आर्यनले भने फिल्मले भन्दा पनि चरित्रले कलाकारलाई जीवन दिने बताए । साथै उनले हिन्दी फिल्म ‘पद्मावत’ मा रणवीर सिंहको चरित्रको उदाहरण दिए ।

‘रणवीर सिंहले अरु पनि फिल्ममा काम गरेका थिए नि, तर जब पद्मावत रिलिज भयो, त्यसपछि उनको अभिनय खारिएको देखियो,’ आर्यनले अगाडि थपे, ‘किनकि, उनले त्यही अनुसारको चरित्र पाए ।’

आर्यनले आफूले यदि चरित्र फरक पाएको खण्डमा कलाकारले सहजै अभिनय गर्न सक्ने बताए । उनले भने, ‘अभिनय गर्न त जुन कलाकारले पनि सक्छ नि, कलाकारले चरित्र कस्तो पाउँछ भन्ने हो ।’

त्यसो त नेपालमा चरित्रलाई ख्याल गरेर खासै फिल्म बनाएको पाइँदैन । कलाकार प्रायः उही परिवेशमा बाँचेको फिल्ममा देखाइएको हुन्छ । आर्यन पनि उस्तै खालको चरित्रमा अभिनय गर्दै आएका छन् ।

यतिबेला भने आर्यनले दमदार चरित्रको प्रतीक्षा गरेका छन् । कुनै बेला फिल्म उद्योगमा एकपछि अर्को गर्दै हिट फिल्म दिएका आर्यन पछिल्लो समय भने खासै जम्न सकेका छैनन् ।

यसअघि उनको शीर्ष भूमिका रहेको फिल्म ‘हजार जुनीसम्म’ पनि व्यावसायिक रुपमा असफल रहेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ५ : १७ बजे

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको

आज विश्वकर्मा पूजा गरिँदै : धातुजन्य उपकरणको पूजा

काठमाडौं – आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

जेनजी शहीदको सम्झनामा आज देशभर सार्वजनिक बिदा

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज १ गते बुधबार। कन्या