काठमाडौँ- नेपाल फार्मेसी परिषद् र नेपाल नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नेपाल फार्मेसी परिषद्को सदस्यमा सङ्गिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र नरिज बर्तौला नियुक्त भएका छन्।
त्यस्तै, नेपाल नर्सिङ परिषद्को सदस्यमा ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे विष्ट नियुक्त भएका छन्।
नवनियुक्त सदस्यहरूले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
मन्त्रालयका अनुसार परिषद्का नवनियुक्त सदस्यहरूले आ–आफ्नो जिम्मेवारीअनुसार फार्मेसी तथा नर्सिङ क्षेत्रको नियमन, व्यवस्थापन र व्यावसायिक विकासमा भूमिका निर्वाह गर्नेछन्।














प्रतिक्रिया