१ लाख ५९ हजार साउदी रियालसहित भारतीय नागरिक पक्राउ « Khabarhub

१ लाख ५९ हजार साउदी रियालसहित भारतीय नागरिक पक्राउ


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले एक लाख ५९ हजार साउदी रियाल सहित एक जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

काठमाडौंबाट दुबई जान लागेका भारतीय नागरिक अशफाक मिर्जालाई साे बराबरको रकमसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

आइतबार दिउँसो साढे ५ बजेकाे उडानमार्फत दुबई जान लागेका उनीमाथि चेकजाँचका क्रममा खैरो रंगको ब्यागभित्र फल्स बटम बनाई लुकाइछिपाइ एक लाख ५९ हजार साउदी रियाल लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पासपोर्ट नम्बर पी-९२२६३३३ रहेका मिर्जालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान जारी राखेको छ । प्रहरीले उनको साथबाट ५०० दरको साउदी रियाल ३१८ थान बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १० : २१ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण