उपनिर्वाचन– सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगे मतपत्र | Khabarhub Khabarhub

उपनिर्वाचन– सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगे मतपत्र


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मतपत्र र मतदाता परिचयपत्र सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको छ ।

मतपत्र र मतदाता परिचयपत्रलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सामग्री सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

संवेदनशील निर्वाचन सामग्री भएकाले मतपत्र र मतदाता परिचयपत्र ढुवानीको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । सेनाले ती सामग्री सुगमस्थानमा गाडीबाट र दुर्गममा हेलिकप्टरको माध्यमबाट ढुवानी गरेको थियो ।

उपनिर्वाचनका लागि ५२ प्रकारका मतपत्र

प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, स्थानीय तहमा उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ समेत गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि आयोगले ५२ नै प्रकारका मतपत्र तयार गरेको छ ।

प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य तीन पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ भने स्थानीय तहका ४८ पदका लागि २७३ जनाको उम्मेदवारी कायम छ ।

निर्वाचनमा भाग लिएका राजनीतिक दलका शीर्ष नेताहरु चुनावी प्रचारमा जुटेसँगै अहिले ३७ जिल्लाका ५२ स्थानको वातावरण निर्वाचनमय भएको छ । निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन राजनीतिक दल र सरोकारवाला पक्ष सक्रिय रहेको र मतदाता पनि उत्सुक भएका कारण पनि वातावरण निर्वाचनमय बनेको हो ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ६ : २८ बजे

अध्यक्ष लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार तेस्रो स्थापना दिवस मनाएको

फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान

काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको

मानव स्वास्थ्यका लागि योग : केही अभ्यास (तस्बिरहरू)

काठमाडौं– आज ११औँ विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सहयोग र श्रमदानबाट खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालको उपलब्धि महत्त्वपूर्ण : मन्त्री पाण्डे

ललितपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग