हङकङ चुनाव– अधिकांश स्थानमा लोकतन्त्र पक्षधरहरुको जीत | Khabarhub Khabarhub

हङकङ चुनाव– अधिकांश स्थानमा लोकतन्त्र पक्षधरहरुको जीत


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–हङकङमा सम्पन्न जिल्ला परिसद्को चुनावमा लोकतन्त्र पक्षधरले अधिकांश स्थानमा जीत हात पारेका छन् ।

शनिवार सम्पन्न निर्वाचनको जारी मतगणना अनुसार लोकतन्त्र पक्षधरले ४५२ सीट मध्ये ३३३ सीट मा जीत हात पारेका छन् भने चिनियाँ  पक्षधरले ५२ सीटमा मात्र जीत हात पारेको रोयटर्सले जनाएको छ ।

स्थानीय समय अनुसार ८ बजेसम्मको नतिजा अनुसार लोकतन्त्र पक्षधर गणना हुन बाँकी स्थानमा पनि धेरै स्थानमा अगाडि छन् ।

चार वर्ष अघि भएको चुनावमा कुल सीटमध्ये १०० सीटमा मात्र लोकतन्त्र पक्षधर विजयी भएका थिए ।

शनिवार सम्पन्न भएको मतदानमा करिब ३० लाखले भोट गरे । यो ७१ प्रतिशत मतदान हो ।

सरकार विरोधी प्रदर्शन सुरु भएयता हङकङमा पहिलोपटक चुनाव भएको हो । ४५२ जिल्ला परिषद् पदका लागि १००० भन्दा बढी उम्मेदवार थिए ।

प्रजातन्त्र समर्थक विरोध समूहहरूले चीनको अर्ध स्वायत्त क्षेत्र हङकङमा मानिसहरूलाई आइतवारको स्थानीय चुनाव नबिथोल्न आग्रह गरेका थिए । चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो ।

पाँच महिना लामो राजनीतिक अस्थिरतापछि भएको चुनावले बेइजिङस्थित सरकारलाई सन्देश दिने उनीहरूले आशा राखेका छन् ।
प्रजातन्त्रवादी अभियानकर्ताहरू परिषद्‍मा आफ्नो प्रतिनिधित्व बढाउने आशा राखेका थिए । परिषद्ले प्रमुख कार्यकारी चयनमा परम्परागत रूपमा नै प्रभाव राख्दैआएको छ ।

४५२ जिल्ला परिषद् पदका लागि १००० भन्दा बढी उम्मेदवार छन् । र पहिलोपटक सबै पदहरूमा चुनाव हुँदैछ । ग्रामीण जिल्लाका लागि २७ सीट छुट्ट्याइएको थियो ।

हाल बेइजिङ समर्थकहरूले उक्त निकायको बहुमत सीट ओगटेका छन् । जिल्ला पार्षद्हरूसँग निकै कम शक्ति हुन्छ त्यसले चुनाव पनि असाध्यै स्थानीय तवरको हुने गर्छ।

तर यसपाली यो चुनावलाई भने लोकतन्त्रको पक्ष र विपक्षको रुपमा लिइएको थियो ।

जुन महिनामा सरकार विरोधी प्रदर्शन सुरु भएयता पहिलोपटक यस्तो चुनाव भएको हो । त्यसैले यसले वर्तमान सरकारसँग कति समर्थन छ भन्ने परीक्षण गर्ने समाचारहरुमा जनाइएको छ ।

हङकङ ब्यापटिष्ट विश्वविद्यालयका सह प्राध्यापक केनेथ चानले रोयटर्स समाचारसंस्थालाई भने, “हङकङका बासिन्दाले आफ्नो विचार व्यक्त गर्ने माध्यमका रूपमा यसलाई हेरेका छन् र त्यसले क्यारी ल्यामको सरकारबारे पनि मतदाताहरूको धारणा स्पष्ट पार्नेछ।”

हङकङको चुनाव प्रणाली बमोजिम ११७ जिल्ला पार्षद्हरू १२०० सदस्यीय समितिको सदस्य बन्नेछन् जसले अन्ततस् प्रमुख कार्यकारी चयन गर्नेछ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ७ : ०९ बजे

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई