लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध « Khabarhub

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्ष बनेका छन् । महाधिवेशनमा अध्यक्ष पदका लागि उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

महोत्तरीको बर्दिबासमा जारी प्रतिष्ठानको नवौँ महाधिवेशनमा बिहीबार मनोनयन दर्ता गरिएको थियो । यसअघि वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका शर्मा अब प्रतिष्ठानको नेतृत्वमा पुगेका हुन् ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी र महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, द्वितीय उपाध्यक्षको सांगठनिकतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई चयन भएका छन्।

यद्यपि, प्रतिष्ठानको उपाध्यक्ष पदका लागि भने प्रतिस्पर्धा हुने भएको छ। उक्त पदमा खेम सेञ्चुरी, देवी घर्ती, खुमन अधिकारी, पूर्णकला बीसी, श्रीकृष्ण बम मल्ल, दीपक गरौजा मगर, घनश्याम रिजाल, नवीन पौडेल, पुष्कल शर्मा, युवराज मगर, रविन लामिछाने, राजकुमार रायमाझी र रामकृष्ण बम मल्लले उम्मेदवारी दिएका छन्।

बिहीबारदेखि सुरु भएको महाधिवेशनमा अध्यक्षसहित केही पदमा निर्विरोध नेतृत्व चयन भइसकेको छ भने अन्य पदका लागि आज मतदान हुँदैछ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  १ : २५ बजे

नेपालमा कतारी लगानी भित्र्याउन सभामुख अर्यालको आग्रह

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत मिशाल

हसिनाको स्वदेश फिर्ती अस्वीकार पक्राउ गर्ने सरकारको चेतावनी

ढाका– बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा

एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ‘ए’ ले टस जित्यो, पहिले ब्याटिङ गर्ने

काठमाडौं- एसिया कप राइजिङ स्टार्स अन्तर्गत मंगलबारको खेलमा नेपाल र

एनभिडियामा हुआङको पुनरागमन, विवाद कायमै

सन फ्रान्सिस्को- अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङको

भैरहवा हवाई रुटमा भारतसँग ऐतिहासिक ब्रेक थ्रु : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने