बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति « Khabarhub

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका बस्ती, बजार, सडक, पुल तथा जलविद्युत् आयोजनाहरू बगाएर व्यापक भौतिक क्षति पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको प्रारम्भिक विवरणअनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका-३ स्थित न्याकचेटबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका-५ को माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ । 

त्यसैगरी आरूघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित पक्की पुल तथा माछाखोलाको पुल पूर्ण रूपमा बगेको छ। आरूघाटबाट धादिङ जोड्ने नयाँपुल (आरूघाट-९) मा रहेको पक्की पुलको गोरखातर्फको भाग बाढीले बगाएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।

चुमनुब्री गाउँपालिका-३ सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा पावर हाउस र त्यस वरपरका ७ देखि ८ वटा घरहरू बाढीले बगाएको छ । साथै, सिर्दिबासमा राम बहादुर गुरुङको १ वटा कच्ची घर बगाएको छ भने १ वटा घरमा बाढी छिरेको छ । अन्य जलविद्युत् आयोजनाहरूमा पनि बाढीले क्षति पुर्‍याएको छ ।

धार्चे गाउँपालिका-५ माछीखोलास्थित तल्लो माछीखोलामा ५ देखि ७ वटा घर तथा ५ देखि ७ वटा टहरामा बाढी पसेको छ । यस्तै, धार्चे गाउँपालिका-३ सल्लेरीका २० देखि २२ वटा घरहरू बाढी र कटानको उच्च जोखिममा परेका छन् ।

नदी किनारका जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । 

आरूघाट आधारभूत अस्पतालमा भर्ना भएका बिरामीहरू तथा अस्पतालका कर्मचारीहरूलाई गाउँपालिकाको गाडी, एम्बुलेन्स, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवा क्लबहरूको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । गण्डकी गाउँपालिकाका स्वास्थ्यकर्मीहरू पनि नदी किनारका बासिन्दाहरूलाई सुरक्षित ठाउँमा सार्न खटिएका छन् ।

मन्त्रालयका अनुसार स्वास्थ्य संकट व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रादेशिक स्वास्थ्य आपत्कालीन तथा सूचना सञ्चार केन्द्र लाई अलर्ट अवस्थामा राखेको छ ।  साथै गोरखा, लमजुङ र तनहुँका जिल्ला तथा प्रदेशस्तरीय द्रुत प्रतिकार्य टोली र आपत्कालीन चिकित्सकीय टोलीलाई आवश्यक स्वास्थ्य सामग्रीसहित उच्च सतर्कता र तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  १२ : ४५ बजे

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको