धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत « Khabarhub

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका छन् । याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दूध बिक्रीका आधारमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको सहकारीका अध्यक्ष काशीनाथ भट्टराईले जानकारी दिए ।

सहकारीमार्फत गत आर्थिक वर्षमा सबैभन्दा बढी दूध बिक्री गर्ने नमुना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल प्रथम भएका छन् । उनले ८९ हजार एक सय २८ लिटर दूध बिक्री गरेका छन् ।

त्यसैगरी ५१ हजार आठ सय १२ लिटर दूध बिक्री गर्ने व्यावसायिक किसान काशीनाथ भट्टराई दोस्रो तथा ४४ हजार चार सय ४४ लिटर दूध बिक्री गर्ने सुरज घिमिरे तेस्रो भए ।

त्यस्तै छविलाल घिमिरे चौथो, कमला पन्थ पाँचौँ, हरिप्रसाद भट्टराई छैटौँ र ओमप्रसाद लामिछाने सातौँ स्थान प्राप्त गरी पुरस्कृत भएका छन् । त्यस्तै इन्दिरा भट्टराई आठौँ, ऋषिराम भट्टराई नवौँ र रामनाथ भट्टराईले दसौं स्थान प्राप्त गरे ।

यसैगरी मुना न्यौपाने एघारौँ, सानुमाया सुनार बाह्रौँ, टकराज लामिछाने तेह्रौँ, इन्दिरा घिमिरे चौधौँ तथा १८ हजार एक सय ८४ लिटर दूध उत्पादन गर्ने ओमप्रकाश गुरुङले पन्ध्रौँ स्थान प्राप्त गरी पुरस्कृत भएका हुन् ।

उनीहरुलाई तीन हजारदेखि ११ हजारसम्म नगद पुरस्कार प्रदान गरिएको सहकारीका अध्यक्ष भट्टराईले जानकारी दिए । सहकारीले गत आर्थिक वर्षमा १४ लाख लिटरभन्दा बढी दूध बिक्री गरी १७ करोड बढीको कारोबार गरेको थियो ।

पशुपालनको क्षेत्रमा महत्वपूर्ण केन्द्रका रूपमा परिचित याम्पाफाँटका किसान लामो समयदेखि व्यावसायिक पशुपालनमा सक्रिय छन् । दुग्ध उत्पादनलाई आम्दानीको प्रमुख माध्यम बनाउँदै आएका यहाँका किसानले स्थानीय अर्थतन्त्र र कृषि उद्यमको विकासमा योगदान पुर्‍याउँदै आएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  १२ : ०६ बजे

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर

बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते

काठमाडौं– नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा