सामाजिक सञ्जालमा ‘गलबन्दी’ की लजालु केटी किन बनिन् ट्रोल? « Khabarhub

सामाजिक सञ्जालमा ‘गलबन्दी’ की लजालु केटी किन बनिन् ट्रोल?


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्युजिक भिडियोकी चर्चित मोडल अञ्जली अधिकारीले दिएको एक अन्तर्वार्ताका कारण सामाजिक सञ्जालमा ट्रोल बनेकी छिन् । पछिल्लो समय ‘बोल माया’ र ‘गलबन्दी’ मा अभिनय गरेका कारण खुबै चर्चामा छिन् ।

अन्तर्वार्तामा प्रश्नकर्ताले सोध्छन् – तपाईंको रिसेन्ट रिलेशनशीप स्टाटस?

यसको उत्तरमा अञ्जली भन्छिन् – म स्टाटस त्यस्तो भन्दा पनि गीतहरु नै… हुन्छ नि एउटा मलाई तिम्रो मायाले बाँधिराख न टाइपको थोरै लेख्छु । मैले धेरै भिडियोको लिंकहरु नै शेयर गर्ने गर्छु ।

उनको यो उत्तर सामाजिक सञ्जालमा भाइरलपछि अञ्जलीले सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै प्रश्न नै नबुझेको बताएकी छिन् ।

‘बोल्दाबोल्दै प्रश्न नबुझेर अर्कै उत्तर दिएँ मैले के बिराएँ? रकेटको रफ्तारमा अङ्ग्रेजी मिसिएको प्रश्न थियो, म गाउँमा जन्मिएकी चेली प्रश्न नै बुझिन होला मैले के बिराएँ,’ अञ्जलीले लेखेकी छिन्, ‘सुनेको थिएँ, गल्ती नगरी मान्छे कसरी सफल हुन्छ, त्यसैले गल्ती होला कि नहोला निर्धक्क बोलिदिएँ, मैले के बिराएँ?’

अञ्जली ‘ट्रोल’ को शिकार भए पनि उनको समर्थन गर्दै यस्तो कमजोरी कहिलेकाहीँ हुने भन्दै सामान्य रुपमा लिन आग्रह गरेका छन् । यसलाई अञ्जलीले पनि रमाइलोका रुपमा लिएकी छिन् ।

पछिल्लो समय अञ्जली म्युजिक भिडियोमा निकै व्यस्त छिन् । उनले प्रकाश सपूतको गीत ‘गलबन्दी’ को म्युजिक भिडियोमा लजालु युवतीको भूमिकामा अभिनय गरेपछि झनै फ्यान कमाएकी छिन् ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १ : २६ बजे

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि

मधेस प्रदेशमा रगतको अभाव, रक्तदानका लागि आह्वान

जनकपुरधाम- रक्तदान गरेपछि शरीर कमजोर हुन्छ भन्ने नकारात्मक धारणाका कारण मधेस

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक समझदारी

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए

दमौली– बन्दीपुर अस्पतालले तीन सय ६५ दिन नै सेवा प्रदान