कृषि विकास बैंकमा आर्थिक हिनामिना– बैंककै कर्मचारीले लुटे ३४ करोड « Khabarhub

कृषि विकास बैंकमा आर्थिक हिनामिना– बैंककै कर्मचारीले लुटे ३४ करोड


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विकास बैंकको स्वयम्भूस्थित शाखा कार्यालयका तत्कालीन २ जना शाखा अधिकृतसहित ८ जनाविरुद्ध झन्डै ३४ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बैंकको कोर सिस्टम दुरुपयोग गरी करोडौं रुपैयाँ लगेर विदेश भाग्न खोज्ने शाखा अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका तत्कालीन शाखा अधिकृत केदार प्रसाद गौतम समेतले बैंकको कोर प्रणाली दुरुपयोग गरी ३३ करोड ९३ लाख रुपैयाँ निकालेर विदेश भाग्ने योजना बनाएका थिए ।

जसका लागि गौतमले झुठा विवरण तथा नक्कली नागरिकता बनाइ रेमिटबाट आएको भनेर फर्जी कारोबार देखाएर बैंकबाट करोडौं रुपैयाँ अन्य खातामा ट्रान्सफर गरेका थिए ।

गौतमले इलेक्ट्रोनिक चेक क्लेयरिङ (ईसीसी) मार्फत भुक्तानी लिने नक्कली नाम तेजबहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाइ नेपाल छाडेर विदेश जाने योजना बनाएका थिए ।

बैंकको रकम लुटेर विदेश भाग्ने योजनाअन्तर्गत गौतम भारत गएर बसेका थिए ।

गौतमको योजनामा उनकी जेठी श्रीमती सम्झना पोखरेलले समेत सहयोग गरेको देखिएको अख्तियारले जनाएको छ । सम्झनाले नक्कली नाममा बैंक खाता खोल्नेदेखिका गैरकानून काम गर्ने गरेको देखिएको छ ।

यस्तै, गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठले आफ्ना श्रीमानलाई नेपालबाट भगाएर विदेश पठाउन भूमिका खेलेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

बैंकिङ ठगी प्रकरणमा बैंकको स्वयम्भू शाखाका अर्का अधिकृत भरतबहादुर बानियाँ पनि मुछिएका छन् । अख्तियारका अनुसार बानियाँले पदीय जिम्मेवारी पूरा नगरेको तथा बैंकलाई हानी नोक्सानी पुर्‍याउने काम गरेका छन् ।

बैंकबाट करोडौं रुपैयाँ लुटेर विदेश भाग्ने गौतमको योजनामा सहयोग गर्ने सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र कृष्णहरि थापाविरुद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले सबै जनाविरुद्ध ३३ करोड ९३ लाख रुपैयाँ बिगो कायम गरेको छ । अख्तियारले बैंकको तत्कालीन शाखा अधिकृत गौतम र बानियाँविरुद्ध बिगो जफत गरी बिगोअनुसारको जरिवानासहित १० वर्ष कैद सजायको मागदाबी गरेको छ ।

यस्तै, गौतमकी २ जना श्रीमतीहरु सम्झना पोखरेल र जेनी श्रेष्ठसहित उनका सहयोगी सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र कृष्णहरि थापाविरुद्ध बिगो जफत गरी बिगोअनुसारको जरिवानासहित २ वर्ष कैद सजाय समेत मागदाबी गरेको छ ।

कृषि विकास बै‌ंकमा भएको आर्थिक हिनामिनामा संलग्न भएका व्यक्ति र उनीहरुविरुद्ध मागदाबी गरिएको सजायको विवरण;
सि.नं. नामथर बिगो रु. सजाय  मागदावी कै.
कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतम ३३,९३,००,०००/- भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही दफाले निर्देश गरे बमोजिम भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय गरी हानि नोक्सानी भएको बिगो असुल उपर हुन माग दाबी लिइएको।
कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँ ३३,९३,००,०००/-  ,,             ,,
सम्झना पोखरेल गौतम ३३,९३,००,०००/- भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही दफा बमोजिम सजाय गरी हानिनोक्सानी भएको बिगो असुल उपर हुन माग दाबी लिइएको।
जेनी श्रेष्ठ गौतम ३३,९३,००,०००/-  ,,             ,,
सुमन भुजेल ३३,९३,००,०००/-  ,,             ,,
सूर्यबहादुर लिम्बु ३३,९३,००,०००/-  ,,             ,,
सन्दीप गुप्ता ३३,९३,००,०००/-  ,,             ,,
कृष्णहरि थापा ३३,९३,००,०००/-  ,,             ,,

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ५ : ३६ बजे

श्रीमतीसहित विदेश गएका देउवा एक्लै नेपाल फर्किए

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि बिहीबार नेपाल फर्किएका

कागबेनी-छुसाङ सडक निर्माण सुरु

मुस्ताङ– छुसाङ-कागबेनी १० किलोमिटर सडक  निर्माण सुरु भएको छ । 

महाकाली करिडोर : डेढ दशकमा छ किलोमिटर कालोपत्र

कञ्चनपुर– सरकारले कञ्चनपुरको बह्मदेवदेखि नेपाल-चीन सिमाना तिंकरसम्म जोड्ने ध्येयकासाथ डेढ

पाँच महिनापछि काठमाडौंमा उत्रिए देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि नेपाल

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर