तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार « Khabarhub

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न स्थानबाट ४६ वन्यजन्तुको उद्धार गरेको छ । अधिकांशलाई जीवितै उद्धार गरिएको छ भने केही मृत तथा घाइते अवस्थामा फेला परेका हुन् । जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार गत आर्थिक वर्षमा चितुवा, चरीबाघ, मृग, अजिङ्गर, सर्प, गिद्ध, बाँदर, स्याललगायत वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरिएको हो ।

कार्यालयले जीवित उद्धार गरिएका वन्यजन्तुलाई सुरक्षित रूपमा प्राकृतिक वासस्थानमा छाड्ने गरेको छ भने मृत फेला परेका वन्यजन्तुलाई सुरक्षित रूपमा गाड्ने गरेको उनले बताए । सो अवधिमा दुई चितुवा मृत अवस्थामा फेला परेका थिए भने एउटा चितुवालाई जीवितै उद्धार गरिएको थियो । एउटा चितुवा घाइते अवस्थामा फेला परेको थियो । त्यसैगरी एउटा चरीबाघ जीवितै उद्धार गरिएको रानाभाटले बताए ।

त्यस्तै, पाँच वटा मृग जीवितै उद्धार गरिएका थिए भने एउटा मृग मृत अवस्थामा फेला परेको थियो । चार अजिङ्गर, २७ सर्प, एउटा गिद्ध र तीन भार्से जीवितै उद्धार गरिएको रानाभाटले जानकारी दिए । उनका अनुसार एउटा स्याल भने मृत अवस्थामा फेला परेको थियो । वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्ने, घाइते अवस्थामा भेटिने वा अन्य कारणले जोखिममा पर्ने घटनामा कार्यालयले उद्धार तथा व्यवस्थापनको काम गर्दै आएको छ । जीवित उद्धार गरिएका वन्यजन्तुलाई प्राकृतिक वासस्थानमा सुरक्षित रूपमा छाड्ने गरिएको कार्यालयले जनाएको छ ।

वन्यजन्तुबाट मानिस, पशुधन तथा कृषिबालीमा भएको क्षतिबापत डिभिजन वन कार्यालय तनहुँले सो अवधिमा रु सात लाख ३९ हजार ३७० राहत वितरण गरेको छ । बाँदर र भालुको आक्रमणबाट मानिस घाइते भएकालाई राहतस्वरूप रु दुई लाख १८ हजार एक सय वितरण गरिएको छ । त्यसैगरी, वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति पुगेका किसानलाई रु पाँच लाख सात हजार राहत वितरण गरिएको छ ।

पशुधन क्षतिअन्तर्गत ५१ बाख्रा, एउटा गोरु र एउटा पाँडा क्षति भएको कार्यालयले जनाएको छ । वन्यजन्तुबाट कृषिबालीमा पुगेको क्षतिबापत रु १४ हजार दुई सय ५० राहत वितरण गरिएको छ । बाँदरले मकैबालीमा क्षति पुर्‍याउँदा किसान प्रभावित भएको कार्यालयको विवरणमा उल्लेख छ ।

वन्यजन्तुको उद्धार तथा क्षतिको राहत वितरणले जिल्लामा मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापनको आवश्यकता देखाएको छ । वन्यजन्तु बस्तीमा प्रवेश गर्दा मानिसको सुरक्षामा जोखिम बढ्नुका साथै पशुधन र कृषिबालीमा समेत क्षति पुग्ने गरेको रानाभाटले बताए । वन्यजन्तुको संरक्षणसँगै स्थानीय बासिन्दाको सुरक्षा र जीविकोपार्जनमा पर्ने असर न्यूनीकरण गर्नु आवश्यक देखिएको उनको भनाइ छ । डिभिजन वन कार्यालय तनहुँले वन्यजन्तु उद्धार र व्यवस्थापनसँगै प्रभावितलाई राहत उपलब्ध गराउने काम गर्दै आएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ७ : २३ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा