सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर नजिकै बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २७७४ नम्बरको बस होटलमा खाना खाएपछि यात्रु चढाएर ब्याक गर्ने क्रममा सडकबाट करिब १० मिटर तल खसेको हो ।
दुर्घटनामा परी घाइते भएका ९ जनाको खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी टोली उद्धारका लागि खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।














प्रतिक्रिया