जथाभावी हर्न बजाउने साढे ४३ हजार बढी सवारीसाधनलाई कारवाही | Khabarhub Khabarhub

जथाभावी हर्न बजाउने साढे ४३ हजार बढी सवारीसाधनलाई कारवाही


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा गुड्ने सवारी साधनलाई अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउन कडाइ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा ध्वनि प्रदूषणको समस्या गम्भीर रुपले बढेपछि हर्न बजाउन कडाइ गरेको हो ।

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको हो ।

हर्नमा कडाइ गरेसँगै महाशाखाले आज १८८ सवारी साधनलाई कारबाही गरेको छ । महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी हर्नमा कडाइ गरिएको जानकारी दिए ।

ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउने उनको भनाइ छ । महाशाखाले २०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरेको थियो । ट्राफिक प्रहरीले हालसम्म जथाभावी हर्न बजाउने ४३ हजार ६२३ सवारीसाधनलाई कारवाही गरिसकेको जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ को (ग) अनुसार ट्राफिक प्रहरीले कारवाही प्रक्रिया चलाउँदै आएको छ । उक्त दफाअनुसार सवारी मोड्न वा ध्वनि सङ्केत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको खण्डमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर रु ५०० जरिवाना गर्न सक्ने व्यवस्था छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १० : १६ बजे

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना