जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख « Khabarhub

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराका परिवारलाई राहतस्वरुप रु १० लाखको चेक हस्तान्तरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्का, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय मानन्धरलगायतले संयुक्तरुपमा मृतकका श्रीमती मैनादेवी बोहराको घरमै पुगेर राहत रकमको चेक हस्तान्तरण गरेका हुन् ।

वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०६९ बमोजिम राहत रकम हस्तान्तरण गरिएको डिभिजन वन कार्यालयका प्रमुख अजय मानन्धरले बताउनुभयो । बोहराको असोज २९ गते घर नजिकै हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो ।

यसअघि मृतकका परिवारलाई शुक्लाफाँटा नगरपालिकाले रु २५ हजार र राष्ट्रिय प्रकृति संरक्षण कोषले रु ५० हजार किरिया खर्चबापतको रकम छुट्टाछुट्टैरुपमा उपलब्ध गराएको थियो । यसैगरी सामुदायिक वन समन्वय समितिलेसमेत राहतस्वरुप रु २५ हजार रकम हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ९ : ४५ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको