जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख « Khabarhub

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराका परिवारलाई राहतस्वरुप रु १० लाखको चेक हस्तान्तरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्का, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय मानन्धरलगायतले संयुक्तरुपमा मृतकका श्रीमती मैनादेवी बोहराको घरमै पुगेर राहत रकमको चेक हस्तान्तरण गरेका हुन् ।

वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०६९ बमोजिम राहत रकम हस्तान्तरण गरिएको डिभिजन वन कार्यालयका प्रमुख अजय मानन्धरले बताउनुभयो । बोहराको असोज २९ गते घर नजिकै हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो ।

यसअघि मृतकका परिवारलाई शुक्लाफाँटा नगरपालिकाले रु २५ हजार र राष्ट्रिय प्रकृति संरक्षण कोषले रु ५० हजार किरिया खर्चबापतको रकम छुट्टाछुट्टैरुपमा उपलब्ध गराएको थियो । यसैगरी सामुदायिक वन समन्वय समितिलेसमेत राहतस्वरुप रु २५ हजार रकम हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ९ : ४५ बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी