आजका समाचार : विवादास्पद अडियोबारे बोले गगन, बालेनलाई भारत भ्रमणको निम्तो, दानबहादुरको रिट दर्ता भएन, एनपीएल जारी र स्वदेश फर्किने हसिनाको अडान « Khabarhub

आजका समाचार : विवादास्पद अडियोबारे बोले गगन, बालेनलाई भारत भ्रमणको निम्तो, दानबहादुरको रिट दर्ता भएन, एनपीएल जारी र स्वदेश फर्किने हसिनाको अडान


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अपराजित लुम्बिनीको सानदार जित : जनकपुर १६ रनले पराजित
नेपाल प्रिमियर लिग (एलपीएल) तेस्रो संस्करणको अपराजित टिम लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हाराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको गरेर लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुर पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३३ रनमा रोकिएको हो ।

जनकपुरका लागि अन्तिममा आएर आतित्य महतले ३० रन बनाए पनि त्यो पर्याप्त भएन । उसका लागि कप्तान हर्मित सिंहले सर्वाधिक ३३ रन बनाउँदा सैफ हसनले २८ र तृतराज दासले १८ रन बनाउनुबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जनकपुरलाई सस्तैमा रोक्न लुम्बिनीका लागि डार्सी सटले तीन विकेट हात पार्दा तिलक भण्डारी र शेर मल्लले दुईदुई विकेट लिए भने रबेन ट्रम्पलम्यानले एक विकेट हात पारे ।

विराटनगरविरुद्ध डेबिड वार्नरको विष्फोटक ब्याटिङ : काठमाडौँ नौ विकेटले विजयी

विराटनगरले काठमाडौँलाई दियो ८४ रनको सामान्य लक्ष्य

तस्बिरमा हेर्नुहोस्, लुम्बिनीको ब्याटिङ र जनकपुरको बलिङ

एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

शान्ति-सुरक्षा मजबुत बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएका छन्।

प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा.मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्रीले चाडपर्वका बेला नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा समग्र शान्ति–सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन दिए ।

उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

‘न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिनेबारे सबैको सुझावबाट निष्कर्षमा पुगिन्छ’

रुकुम पश्चिममा बालविवाह अन्त्य गर्न मन्त्री बादीको निर्देशन

परराष्ट्रमन्त्री खनाल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

मानव-वन्यजन्तु द्वन्द्व घटाउन नीति तथा कानुन पुनरावलोकन गर्नुपर्ने मन्त्री चौधरीको भनाइ

राष्ट्रपति पौडेललाई सम्यक महादानको निमन्त्रणा

विवादास्पद अडियोबारे गगन- ‘मेरा हात सफा छन्, निष्पक्ष छानबिनका लागि तयार छु’

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विवादास्पद अडियो प्रकरणमा आफ्नो नाम जोडिएपछि पार्टी सबै प्रकारका निष्पक्ष छानबिनका लागि तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले आफू कुनै पनि गलत तथा अनैतिक गतिविधिमा संलग्न नरहेको दाबी गरेका छन् । उनले आफ्नो नैतिकतामाथि प्रश्न उठाउनुपर्ने कुनै आधार नरहेको जिकिर गर्दै कार्यकर्तालाई आफ्नो पक्षमा ढुक्क भएर बोल्न आग्रह गरेका छन् ।

प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियोमा आफ्नो नाम जोडिएको विषयमा आफूलाई कुनै जानकारी नभएको उनको भनाइ छ ।

उनले भने ‘अडियो कहाँ, कसले, कहिले र किन बोल्यो, त्यो अनुसन्धानको विषय हो। अनुसन्धान निष्पक्ष हुनुपर्छ, दूधको दूध पानीको पानी छुटिन्छ’।

पार्टी र नेतृत्वविरुद्ध भ्रम फैलाउने प्रयासको प्रतिवाद गर्ने कांग्रेसको निर्णय

इनम सापकोटा मोबाइल प्रकरणमा सत्ताको चरम दुरुपयोग भयो : पद्मा अर्याल

प्रस्तावित चार न्यायाधीशविरुद्ध भोली र पर्सी संसदीय सुनुवाइ गर्ने

रवि लामिछानेको स्पष्टीकरण- सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप गर्दैन

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन्  ।  बिहीबार चितवनमा सञ्चारकर्मीसंग कुराकानी गर्दै सभापति लामिछानेले सरकारले गर्ने काम र पार्टीले गर्ने काम दुवैमा स्पष्टता स्पष्ट रहेको भन्दै सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका हुन् । 

उनले सरकार टिकाइराख्न वा पार्टीमा एकता कायम गर्न प्रधानमन्त्रीले अर्को मान्छेलाई कुर्सी राखेर राख्ने किसिमको अभ्यासमा आफूहरू नरहेको उल्लेख गरे । 

सरकारले गर्ने काम र पार्टीले गर्ने काममा स्पष्टता र सुदृढतामा ध्यान दिइने भन्दै उनले दुवैले गरेका कामकारबाहीमा कहिलेकाहीँ प्रश्न वा जिज्ञासा आएमा बसेर छलफल हुने गरेको र समन्वयको कुनै कमी नरहेको बताए । उनले सरकार र पार्टीबीच कुनै प्रकारको अन्तरद्वन्द्व नरहेको उल्लेख गरे । 

कुनै पनि संस्थाले गल्ती गरेमा त्यसलाई सच्याउने संस्थाहरू रहेकाले तथा प्रहरी प्रशासन, अदालत, र प्रेस काउन्सिल जस्ता संस्थाहरूलाई विश्वास गर्दै अझ बलियो बनाउनुपर्ने उनले बताए ।

कारबाहीमा परेका पूर्वआईजीपी कार्कीको मुद्दा दर्ता भएन 

गृहमन्त्रीको निर्देशन- प्रदर्शन व्यवस्थापनमा मानव अधिकार संरक्षणलाई प्राथमिकता दिनू

नेपालको राष्ट्रिय पहिचानलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल

पूर्वाधार सम्मेलनअघि नीतिगत र कानुनी सुधार गर्दै सरकार : मन्त्री लम्सा

प्रधानमन्त्री शाहलाई भेट्न पुगे भारतीय विदेश सचिव मिश्री 

जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल

भक्तपुरमा सिलिन्डर खोज्दै उपभोक्ता, प्रमुख जिल्ला अधिकारी भन्छन्( ग्यास आपूर्ति सहज छ

जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन् । महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन् ।

भक्तपुरकी स्थानीयवासी सविना बोहजुले तीन महिनादेखि घरमा ग्यास पाउन नसकेको बताइन् । यसअघि आधा मात्रै भरिएको सिलिन्डर पाएकी उनले त्यसयता अर्को सिलिन्डर पाउन नसकेको गुनासो गरिन् ।

बजारमा ग्यास सहजै पाइन्छ भन्ने सुने पनि आफूले अहिलेसम्म नपाएको उनको भनाइ छ । ‘अहिले पनि ग्यास खोज्दै भौँतारिरहेकी छु । ग्यास डिलरदेखि खुद्रा बिक्रेतासम्म धाउँदा पनि पाइँदैन । फोन गर्दा ग्यास नै आएको छैन भन्नुहुन्छ’, उनले भनिन्, ‘बजारमा ग्यास सहज भयो भन्छन्, तर हामीजस्ता उपभोक्ताले कहाँबाट पाउने ?’

भोटेकोशी बाढी : काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत

गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा

बुढानिलकण्ठ मन्दिर परिसरका अतिक्रमित घर भत्काइए (तस्बिरहरू)

चलाल गणेशस्थान खानी सञ्चालनमा रोक

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्किने अडान दोहोर्‍याएकी छन् ।

सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी हसिनाले गिरफ्तारी, जेल र यातनाको सम्भावना भए पनि स्वदेश फर्कने आफ्नो निर्णय परिवर्तन नहुने बताएकी हुन् ।

एसोसिएटेड प्रेस (एपी) लाई इमेलमार्फत दिएको जवाफमा उनले आफ्नै देशको माटोमा र जनताबीच मर्न चाहेको उल्लेख गरेकी छन् । स्वदेश फर्किएपछि आफू गिरफ्तारी, यातना वा हत्याको जोखिममा पर्न सक्ने सम्भावनाबारे जानकार रहेको पनि उनले बताएकी छन् ।

सन् २०२४ मा विद्यार्थी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय सुनाएको थियो ।

अमेरिकी निर्भरता घटाउँदै व्यापार विविधीकरण गर्ने क्यानाडाको नयाँ बजेट

बङ्गलादेश र चीनबीच आर्थिक सहकार्य विस्तार गर्ने समझदारी

रुस–युक्रेन युद्धविरामका लागि आफ्नो पहल सार्वजनिक गर्दै मेलानिया ट्रम्प

न‍वौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो साङ्घाईमा, ४ हजारभन्दा बढी विदेशी प्रदर्शक सहभागी

चुनावी हारपछि पनि इरानविरुद्धको अभियानबाट पछि नहट्ने ट्रम्पको अडान

अमेरिकी मध्यावधि निर्वाचन : चीनसँगको सम्बन्धमा नयाँ अवसर र चुनौती

मध्यावधि निर्वाचनमा हारपछि अमेरिकामा २०२८ को राष्ट्रपतीय दौडको चर्चा तीव्र















प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ७ : ५२ बजे

सिएसआरआईद्वारा ‘ग्लोबल रिसर्च ग्रान्ट’ घोषणा

काठमाडौं – ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’

आधुनिक मिलको विस्तारसँगै लोप हुँदै जाँतो

पाँचथर– आधुनिक कुटानी पिसानी मिल गाउँगाउँमा पुगेसँगै ढुङ्गा खोपेर जाँतो

विराटनगरविरुद्ध डेबिड वार्नरको विष्फोटक ब्याटिङ : काठमाडौँ नौ विकेटले विजयी

काठमाडौँ – विराटनगर किंग्सविरुद्ध काठमाडौँ गोर्खाजले नौ विकेटको सानदार जित

अख्तियारमा माधव नेपालको बयान- ‘कुनै गलत काम गरेको छैन’

काठमाडौँ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विराटनगरस्थित फलफूल फार्मको जग्गा सट्टापट्टासम्बन्धी