सीमा सुरक्षाका विषयमा सरकारले ठोस कदम नचाल्नु चिन्ताको विषयः महामन्त्री लिङदेन | Khabarhub Khabarhub

सीमा सुरक्षाका विषयमा सरकारले ठोस कदम नचाल्नु चिन्ताको विषयः महामन्त्री लिङदेन


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- राप्रपा महामन्त्री एवं प्रतिनिधि सभाका सांसद राजेन्द्र लिङ्देनले सरकारले सीमा सुरक्षाका लागि ठोस कदम नचाल्नुले राष्ट्रियता कमजोर हुँदै गएको बताएका छन् ।

उनले नेपालको सीमाना भारतले मात्र नभइ अर्को छिमेकी मुलुक चीनले समेत पूर्वी नेपालका उत्तरी भागहरुमा मिचेको बताउँदै सरकारले ठोस कदम नचाल्नु गम्भीर चिन्ताको विषय भएको बताएका हुन् ।

राप्रपा लमजुङद्वारा सुन्दर बजार नगरपालिकाको परेवाडाँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री लिङ्देनले देशको विकास, समृद्धि र समुन्नतिको बाधक राजा र राजसंस्था भनियो तर आज राजालाई पाखा लगाइएको १३ वर्षमा देशले के पायो ? भन्दै प्रतिप्रश्न गरेका थिए ।

उनले अब जनताले हिसाब माग्नुपर्ने बेला आएको बताए । निर्वाचन भएको दुई वर्षको अवधिमा कांग्रेस र कम्युनिस्टले जितेका अधिकांश ठाउँमै विकासले गति नलिएको आरोप लगाए ।

कार्यक्रममा राप्रपा गण्डकी प्रदेश अध्यक्ष हेमजङ गुरुङले एकपटक कांग्रेस वा कम्युनिस्टलाई मतदान गर्दैमा सधैं तिनैलाइ मतदान गर्न आवश्यक नरहेको बताएका छन् ।

असफल कम्युनिस्ट र कमजोर प्रतिपक्ष कांग्रेसका कारण देशको अवस्था झन् दयनीय बन्दै गएको र आम युवामा निराशा छाएको भन्दै उनले अब विकल्पको छनोट गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १ : ५३ बजे

हरिशयनी एकादशीमा कालीगण्डकी नदीमा स्नान गर्नेको भुइँचो

पर्वत– हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदै छन् ।

सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवन– सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ ।

ह्युमपाइप राखेर नाला–भक्तपुर सडकखण्ड सञ्चालन

काभ्रे– अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ

राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल

म्याग्दी– राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका– ९