प्याराग्लाइडिङ्ग उडान बन्द | Khabarhub Khabarhub

प्याराग्लाइडिङ्ग उडान बन्द


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की-  तीन दिनयता पोखरामा प्याराग्लाइडिङ्गमा  दुर्घटना बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले एकल उडान बन्द गरेको छ ।

विदेशी पाइलटले एक क्षेत्रको अनुमति लिने र अर्को क्षेत्रमा गएर उडान गर्न थालेपछि दुर्घटना बढेको जनाउँदै आज अर्को सूचना जारी नहुँदा सम्मका लागि उडान बन्द गरेको कार्यालयले जनाएको छ ।

यस साता मात्रै लगातार तीन दिन प्याराग्लाइडर दुर्घटनामा परेको छ । दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्राधिकरणका पोखराका प्रमुख भोलाप्रसाद गुरागाईँले पछिल्लो दश दिनमा दुई सयभन्दा बढी सोलो पाइलटले अनुमति लिए पनि हाल सबैको अनुमति रद्द गरिएको बताउनुभयो । विदेशी नागरिकले गैरव्यावसायिक उडानका लागि १५ दिनको अनुमति पाउँछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : ५१ बजे

नेपाल नागरिकता विधेयकमा आमाको पनि बंश कायम गरिएको छः गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले

कमला पुल निर्माणमा ढिलासुस्ती नगर्न ध्यानाकर्षण

सिरहा – सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको हुलाकी सडकअन्तर्गतको

भूकम्पपीडित अफगानी नागरिक खुला आकाशमा रात बिताउन बाध्य

अफगानिस्तान – पूर्वी अफगानिस्तानमा विनाशकारी भूकम्प गएको तीन दिनसम्म पनि

ललितपुर महानगरमा एक विद्यालय-एक सम्पदा कार्यक्रम

ललितपुर– ललितपुर महानगरले एक विद्यालय-एक सम्पदा कार्यक्रम सुरु गरेको छ