स्वस्तिमाले एकै वर्षमा ३ फ्लप फिल्म दिने त होइनन्? | Khabarhub Khabarhub

स्वस्तिमाले एकै वर्षमा ३ फ्लप फिल्म दिने त होइनन्?


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्काको फिल्म ‘बुलबुल’ ले व्यावसायिक सफलता हासिल गर्न नसके पनि समीक्षात्मक रुपमा भने खुबै चर्चा कमायो । फिल्मको तारिफ भयो ।

‘बुलबुल’मा स्वस्तिमाले गरेको अभिनयको खुलेर तारिफ गरियो । एक टेम्पो चालक युवतीको भूमिकामा देखिएकी स्वस्तिमाले फिल्ममा साँच्चिकै दमदार अभिनय गरेकी थिइन् ।

यसपछि भने उनले अभिनय गरेका फिल्म निरन्तर फ्लप भइरहेका छन् ।

यस वर्ष स्वस्तिमाको शीर्ष भूमिका रहेका दुई फिल्म प्रदर्शन भइसकेका छन् । भदौमा प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ र कार्तिकमा प्रदर्शनमा आएको फिल्म ‘घामड शेरे’ दुवै व्यावसायिक रुपमा असफल रहे । यी फिल्ममा स्वस्तिमाले खासै कमाल देखाउन सकिनन् ।

फिल्ममा खासै सफल हुन नसके पनि स्वस्तिमाका हातमा फिल्म छन् । केही दिनअघि छायांकनमा गएको फिल्म ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का व्यस्त छिन् । फिल्ममा उनको शीर्ष भूमिका रहनेछ ।

यो फिल्म आउँदो चैत्र २८ गतेदेखि प्रदर्शन हुने निर्माण टिमले जनाएको छ । यो मितिमा वर्षको प्रतीक्षित फिल्म ‘प्रेमगीत ३’ पनि प्रदर्शनमा आउँदैछ । ‘प्रेमगीत ३’ ले पनि फिल्म राम्रो बनाउन ठूलै कसरत गरिरहेको छ ।

फिल्म ‘चपली हाइट ३’ को शुभमुहूर्तमा कलाकारहरु ।

‘चपली हाइट ३’ मा स्वस्तिमाका अलावा, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीक श्रेष्ठ लगायतका कलाकारको शीर्ष भूमिका रहनेछ । फिल्मलाई निकेश खड्काले निर्देशन गर्दैछन् ।

स्वस्तिमा पनि यो फिल्मबाट पक्कै आशावादी छिन् । त्यसो त स्वस्तिमा कुनै पनि फिल्मबाट खासै आशा नराख्ने बताउँछिन् । एउटै वर्ष ३ फिल्म दिन लागेकी स्वस्तिमाको ‘चपली हाइट ३’ पनि चलेन भने स्वस्तिमाले एकै वर्ष तीन असफल फिल्म दिनेछिन् ।

अर्जुन कुमारले निर्माण गरिरहेको फिल्म ‘चपली हाइट ३’ ले बक्स अफिसमा राम्रो व्यापार गर्ने आशा गरिएको छ । यसअघिका दुई भागमध्ये पहिलो भागले राम्रो कमाइ गरेको थियो भने दोस्रो भागले भने आशा गरिएअनुरुप कमाइ गर्न सकेको थिएन । ‘चपली हाइट ३’ भने कस्तो बन्नेछ भनेर दर्शकले प्रतीक्षा गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १२ : २२ बजे

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ–  ताप्लेजुङका ६  स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको

गाउँ चिन्ने, पसिना बुझ्ने मौद्रिक नीति अपरिहार्य

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष प्रस्तुत गर्ने मौद्रिक नीति राष्ट्रिय

नेपालको प्रशासनमा आधुनिक शक्ति कहिल्यै माथि आउन सकेन

आजभन्दा १५–२० वर्ष अगाडि र अहिले पनि नेपालको प्राथमिक बाधक

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती– बागमती प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । बैठकमा बागमती

टीकापुर नगरपालिकामा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइँदै

कैलाली-  कैलालीकाे टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको