रहस्यमय मृत्युको कथा बोकेर आउँदै ‘स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क « Khabarhub

रहस्यमय मृत्युको कथा बोकेर आउँदै ‘स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ– बलिउडको चर्चित फिल्म फ्रेन्चाइज ‘स्टुडेन्ट अफ द इयर’ यसपटक प्रेम, ग्ल्यामर र कलेज जीवनभन्दा फरक कथासहित दर्शकमाझ आउने भएको छ।

करण जोहरको निर्माणमा बन्न लागेको नयाँ वेब सिरिज ‘स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’को ट्रेलर सार्वजनिक भएको छ। यसमा अभिनेत्री शनाया कपुर दोहोरो भूमिकामा देखिनेछिन्।

सिरिजको कथा सेन्ट टेरेसा हेरिटेज स्कुलकी विद्यार्थी आयशा मलिकको रहस्यमय मृत्युसँग सुरु हुन्छ। पोखरीमा आयशाको शव भेटिएपछि उनको मृत्यु हत्या हो वा दुर्घटना भन्ने प्रश्न उठ्छ। यही रहस्यको पर्दाफास गर्न आयशाकी जुम्ल्याहा बहिनी अदिति स्कुलमा भर्ना हुन्छिन्।

सत्यको खोजीमा लागेकी अदितिले आयशाका नजिकका साथी, रुममेट र प्रेमीमाथि शङ्का गर्न थाल्छिन्। उनीहरू सबैले केही न केही लुकाइरहेको आशङ्काबीच अदिति स्कुलको वार्षिक ‘स्टुडेन्ट अफ द इयर’ प्रतियोगितामा समेत सहभागी हुन्छिन्। यसरी प्रतियोगिता, सम्बन्ध र रहस्यबीच अघि बढ्ने कथाले दर्शकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।

सन् २०१२ मा प्रदर्शन भएको पहिलो ‘स्टुडेन्ट अफ द इयर’मा आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्रा मुख्य भूमिकामा थिए। यसको दोस्रो भाग सन् २०१९ मा आएको थियो। यसपटक भने फ्रेन्चाइजले कलेजको रमाइलो वातावरणबाट हत्या रहस्य र रोमाञ्चतर्फ कथा मोडेको छ।

रीमा मायाको निर्देशनमा बनेको सिरिजका निर्माता करण जोहर हुन्। ‘स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’ नोभेम्बर १३ देखि जियोहटस्टारमा स्ट्रिमिङ हुनेछ। यसै सिरिजमार्फत शनाया कपुरले ओटीटीमा डेब्यु गर्दैछिन्।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  १ : ४४ बजे

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू

काठमाडौं– टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा

अस्थायी शिक्षक-कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

काठमाडौँ– कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै