इनम सापकोटा : समाचारप्रति प्रहरीको गम्भिर ध्यानाकर्षण « Khabarhub

इनम सापकोटा : समाचारप्रति प्रहरीको गम्भिर ध्यानाकर्षण


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानका क्रममा रहेका मुद्दासँग सम्बन्धित समाचार तथा सामग्री प्रकाशन गर्दा संवेदनशीलता अपनाउन सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

परिसरले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै वादी नेपाल सरकार प्रतिवादी इनम सापकोटासमेत रहेको मुद्दासँग सम्बन्धित अनुसन्धानका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रचलित कानुन, विधि र प्रक्रियाअनुसार अनुसन्धान भइरहेका मुद्दाका विषयवस्तु गोप्य राख्नुपर्ने अवस्थामा संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको परिसरले स्पष्ट पारेको छ ।

अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न प्रहरी प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थाको पालना नगरी मुद्दासँग सम्बन्धित सूचना तथा सामग्री सम्प्रेषण वा प्रकाशन गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भएकाले आधिकारिकता पुष्टि गर्नसमेत परिसरले आग्रह गरेको छ ।

प्रहरी उपरीक्षक एवं प्रवक्ता दानबहादुर थापाद्वारा जारी विज्ञप्तिमा अनुसन्धानसम्बन्धी समाचार तथा सामग्री प्रकाशन गर्दा तथ्य र सूचनाको आधिकारिकता सुनिश्चित गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  १ : ३९ बजे

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू

काठमाडौं– टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा

अस्थायी शिक्षक-कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

काठमाडौँ– कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै