कोप–३१ मा न्याय र समृद्धिको मार्गचित्रसहित नेपालको प्रस्तुति हुनुपर्ने « Khabarhub

कोप–३१ मा न्याय र समृद्धिको मार्गचित्रसहित नेपालको प्रस्तुति हुनुपर्ने


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले कोप–३१ मा नेपालको प्रस्तुति न्याय, अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहितको हुनुपर्ने बताएका छन् । 

काठमाडौंमा बिहीबार आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा रास्वपा संसदीय दलका उपनेता समेत रहनुभएका सभापति पराजुलीले कोप–३१ मा नेपालको प्रस्तुति केवल पीडा र क्षतिको विवरणमा मात्र सीमित नभई न्याय, अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहितको हुनुपर्ने बताएका हुन् ।

उनले जलवायु वित्तमा सहज र प्रभावकारी पहुँच निर्माणका लागि दृढ पहल कदमी लिनुपर्नेमा जोड दिए ।  साथै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबद्धता गरिएका रकम वास्तविक रूपमा प्रभावित समुदायसम्म पुगे/नपुगेको र न्यायोचित वितरणको विषयलाई जोड दिनुपर्ने उनको भनाइ छ ।

उनले अनुकूलन, हानि–नोक्सानीको सम्बोधन र पूर्वसूचना प्रणालीका लागि अनुदानमा आधारित सहयोगको माग स्पष्ट रुपमा राख्नुपर्ने धारणा राखे ।

त्यस्तै पराजुलीले अत्याधुनिक प्रविधि हस्तान्तरण र स्थानीय तहसम्म कार्यान्वयनको क्षमता विकास गर्ने विषयलाई वार्ताको मुख्य एजेन्डा बनाइनुपर्ने बताए  ।

जलवायु संकटसँग जुध्न बाहिरको सहयोग मात्र नभइ आफ्नै आर्थिक सामथ्र्य बढाउने न्यायोचित अवसर पनि नेपाललाई आवश्यक रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  १ : ४७ बजे

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू

काठमाडौं– टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा

अस्थायी शिक्षक-कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

काठमाडौँ– कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै