कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने « Khabarhub

कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने भएको छ । 

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय जलवायु सम्मेलनमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोप ३१ मा नेपाल र भुटानले संयुक्त रुपमा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने जानकारी दिएकी हुन् । 

यसले जलवायु न्यायको लडाइँमा पर्वतको आवाजलाई अझ बलियो बनाउने उनले बताइन् ।

मन्त्री चौधरीले हिमाल जोगाउनु नेपाल वा भुटानको मात्र नभई तल्लो तटीय क्षेत्रका अर्बौँ मानिसहरूको जीवन जोगाउनु भएको उल्लेख गरिन् ।  

उनले नेपालले कोप ३१ का लागि समावेशी र सबै सरोकारवालाहरूलाई समेटेर ’कन्ट्री पोजिसन पेपर’ तयार पारेको र भोटेकोसीलगायत जलवायु परिवर्तनका असर, सफलता र असफलताका अनुभवहरू प्रदर्शन गर्न नेपालले आफ्नै पेभेलियन राख्ने जानकारी दिइन् ।

मन्त्री चौधरीले जलवायु परिवर्तन कुनै एक मन्त्रालय वा एक तहको विषय नभई संघ, प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्ने उल्लेख गर्दै जलवायु अनुकूलन सिंहदरबारबाट मात्र नभई वडा र समुदायबाट सुरु हुनुपर्नेमा जोड दिइन् ।

कोपमा नेपालको अडान जलवायु न्याय, पर्वतीय एजेन्डा, अनुकूलन, वित्तमा सहज पहुँच र हानि–नोक्सानी कोषको प्रभावकारी परिचालनमा स्पष्ट रहेको उनको भनाइ छ । 

उनले ऐतिहासिक रूपमा बढी उत्सर्जन गर्ने र क्षमता भएका राष्ट्रहरूले क्षमताअनुसारको जिम्मेवारी लिनुपर्ने बताए । 

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  १ : ५० बजे

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू

काठमाडौं– टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा

अस्थायी शिक्षक-कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

काठमाडौँ– कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै