आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६ अक्टोबर ३० तारिख। कार्तिक कृष्ण पक्षको पञ्चमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृष : दिन राम्रो छ। धन लाभ हुनेछ। राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। शिक्षामा प्रगति हुनेछ । मन मिल्ने साथीको साथ मिल्ने छ ।

मिथुन : आजको तपाईंको दिन सामान्य छ। बोल्दा सचेत हुनुपर्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। यात्रामा खर्च हुनेछ। श्रमको मूल्य प्राप्त हुनेछ ।

कर्कट :  आज जोगिएर काम गर्नुपर्ने दिन छ । सोचेका काम नबन्दा निराशा थपिनेछ । खर्च बढ्नेछ । संकटमा परिवारको साथ भने मिल्नेछ ।

सिंह : दिन राम्रो छ। आज काम बन्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्ला। हरेक क्षेत्रमा प्रगति हुनेछ। आफन्तको साथ मिल्नेछ।

कन्या : धनलक्ष्मी योग परेको छ, सदुपयोग गर्नुहोला । विपक्षी र परिवारले साथले महत्त्वपूर्ण काम बन्नेछ। शिक्षाको क्षेत्रमा नयाँ कामको सुरुवात हुनेछ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ।

तुला : दिन सामान्य छ। सोचेको काम नबन्ने जोखिम रहन्छ। खर्च बढ्नेछ । प्रेममा मनमुटाब बढ्ने खतरा छ। काम गर्दा सोचेर अगाडि बढ्नु उचित हुन्छ।

वृश्चिक : दिन सामान्य छ। आफन्तले असहयोग गर्नेछन्। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। बिहानै धार्मिक कार्यमा सहभागी भएर कामको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

धनु : दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। यात्रा गर्दा सचेत बन्नुपर्ने दिन छ।

मकर : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ । मिहिनेत गरेको ठाउँबाट धन आर्जन हुनेछ। आज व्यापारमा फाइदा हुनेछ । शिक्षामा प्रगति हुने योग छ। परिवारभित्र भने झगडा हुने खतरा छ।

कुम्भ : आज स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ । यात्रामा ननिस्कनु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा हरेक काम सफल बन्नेछन्। प्रेम सम्बन्धमा उतारचढाव आउने छ।

मीन : दिन सामान्य छ। सोचेका काममा अवरोध सिर्जना हुनसक्छ। शरीरमा पीडा बढ्ने जोखिम छ। आज कुनै कुरामा जिम्मेवार महसुस हुनेछ । व्यवहार गर्दा सचेत हुनुपनर्ने समय छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ५ : ५८ बजे

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र