ईशनिन्दाको आरोपमा पाकिस्तानका इसाई समुदायमाथि आक्रमण « Khabarhub

ईशनिन्दाको आरोपमा पाकिस्तानका इसाई समुदायमाथि आक्रमण


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको पञ्जाब प्रान्तस्थित घारियाल कलान गाउँमा ईशनिन्दाको आरोप लागेपछि भड्किएको अनियन्त्रित भिडले एक इसाई नागरिकको घर र पसलमा आगजनी गरेको छ। गत अक्टोबर ९ मा भएको यस घटनापछि सम्भावित हिंसाको त्रासले सो क्षेत्रका ३५ भन्दा बढी इसाई परिवार आफ्नो घर छाडेर विस्थापित हुन बाध्य भएका छन्।

ह्वाट्सएप समूहमा ईशनिन्दासम्बन्धी भिडियो सेयर गरेको आरोपमा प्रहरीले अक्टोबर ८ मा तीन सन्तानका पिता ४० वर्षीय कामरान मसिहलाई नियन्त्रणमा लिएको थियो । मसिहको गिरफ्तारीको खबर फैलिएलगत्तै भिडको आक्रमण हुन सक्ने डरले उनको परिवार र अन्य इसाई धर्मावलम्बीहरू गाउँ छाडेर भाग्न थालेका थिए । त्यसको भोलिपल्ट प्रदर्शनमा उत्रिएका सयौँ मानिसको भिडले मसिहको पसल र घरमा आगो लगाइदिएका हुन् ।

पञ्जाब असेम्ब्लीका इसाई सभासद एजाज आलम अगस्टिनका अनुसार प्रहरीले समयमै मसिहलाई हिरासतमा लिएकाले अवस्था थप अनियन्त्रित हुनबाट जोगिएको थियो । पाकिस्तानको कठोर कानुन अनुसार इस्लाम धर्मको निन्दा गर्नेलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुने व्यवस्था छ । तर, यस्ता आरोपका कारण प्रायः गैरन्यायिक हिंसा, कुटपिट र भिडद्वारा आक्रमण हुने गरेको छ ।

यसअघि गत जुलाईमा पनि कराँची र गुजरानवालामा ईशनिन्दाको आरोपलाई लिएर हिंसात्मक प्रदर्शन र इसाई परिवारहरूको सामूहिक विस्थापनका घटना भएका थिए । त्यस्तै, सन् २०२३ को अगस्टमा पञ्जाबकै जरानवालामा भड्किएको भिडले दुई दर्जनभन्दा बढी चर्च र करिब १०० वटा घरहरूमा तोडफोड तथा आगजनी गरेको थियो, जसका कारण साढे दुई हजारभन्दा बढी इसाईहरू विस्थापित हुनुपरेको थियो ।

मानवाधिकारवादी संस्थाहरूका अनुसार पाकिस्तानमा ईशनिन्दासम्बन्धी कानुनको दुरुपयोग गरी धार्मिक अल्पसङ्ख्यकलाई त्रसित पार्ने क्रम बढेको छ । अन्तर्राष्ट्रिय संस्था ‘ओपन डोर्स’को सन् २०२६ को प्रतिवेदनअनुसार इसाई धर्मका अनुयायीहरूमाथि तीव्र उत्पीडन हुने विश्वका ५० देशहरूमध्ये पाकिस्तान आठौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ६ : १७ बजे

अमेरिकी नीतिमा परिवर्तनको आशा गर्नु भ्रम हो : इरानी सर्वोच्च नेता

तेहरान – इरानका सर्वोच्च नेता मोजताबा खामेनीले अमेरिकी नीतिमा परिवर्तन

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका

बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षति

झापा – झापाको बिर्तामोडमा आज भएको आगलागीबाट करिब रु छ

इजरायलको निर्वाचनमा धाँधली भएको छैन : आयोग

जेरुसेलम– इजरायलको निर्वाचन आयोगले गत साता सम्पन्न निर्वाचनमा धाँधली भएको कुनै