काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय गरेको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ ।
देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण राजमार्ग अवरुद्ध भई आवतजावतमा कठिनाइ उत्पन्न भएकाले बैठक स्थगित गरिएको पार्टीले जनाएको छ ।
पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।














प्रतिक्रिया