अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह « Khabarhub

अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई धानबाली नकाट्न र खेतबारीमा जमेको पानी निकास गर्न आग्रह गरेको छ ।

विभागले धानबाली, फलफूलका बगैँचा, नर्सरी, तरकारी तथा उखुबाली लगाइएका जमिनमा पानी जम्न नदिन आवश्यक निकासको व्यवस्था गर्न किसानलाई अनुरोध गरेको हो ।

विकसित भइरहेको चक्रवातका कारण मौसममा आएको फेरबदललाई ध्यानमा राख्दै विभागले वर्षातको अवधिभर पशुचौपायालाई ओसारपसार नगर्न पनि आग्रह गरेको छ ।

कृषि सञ्चार तथा मानव संशाधन विकास केन्द्रसँगको समन्वयमा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रमार्फत किसानलाई सचेत गराइएको विभागले जनाएको छ । प्रतिकूल मौसमका कारण खाद्यबालीमा हुन सक्ने क्षति न्यूनीकरण गर्न बाली नकाट्न तथा भण्डारण नगर्न सूचनासहितको एसएमएस किसानलाई पठाइएको विभागले जनाएको छ ।

विभागका अनुसार बिहीबारदेखि मौसममा आएको फेरबदलका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । केही स्थानमा आइतबारसम्म भारी वर्षा हुने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको विश्लेषणका आधारमा कृषि विभागले नकाटेको धान मौसम सफा भई वर्षा रोकिएको तीनदेखि चार दिनपछि मात्र मौसमको अवस्था हेरेर काट्न सुझाव दिएको छ ।

यसैगरी, किसानलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सातवटै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार गरिएको छ । स्थानीय तहका संयन्त्रमार्फत किसानसम्म सूचना पुर्‍याउन पनि निर्देशन दिइएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  २ : ५० बजे

तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा

काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’