लगातारको वर्षापछि खुल्यो मौसम « Khabarhub

लगातारको वर्षापछि खुल्यो मौसम


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम खुल्न थालेको छ । बिहानैदेखि भएको वर्षाका कारण प्रभावित जनजीवन मौसममा सुधार आएसँगै क्रमशः सामान्य बन्दै गएको छ ।

भारतको बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण शुक्रबारदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भएको थियो । वर्षाका कारण सडक तथा बजार क्षेत्रमा आवागमन प्रभावित भएको थियो ।

शनिबार दिउँसो वर्षा कम भएसँगै काठमाडौँ उपत्यकाको आकाश खुल्न थालेको छ । वर्षा रोकिएपछि सडकमा सवारीसाधनको चाप बढेको छ भने बजार तथा सार्वजनिक स्थानमा पनि चहलपहल फर्किन थालेको छ ।

लगातारको वर्षाका कारण जलमग्न भएका सडक तथा बस्तीमा समेत मौसममा सुधारसँगै जनजीवन सामान्य बन्दै गएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ५ : ०५ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको