कर्णालीको कृषि विकासमा इजरायली प्रविधि भित्र्याउने विषयमा छलफल « Khabarhub

कर्णालीको कृषि विकासमा इजरायली प्रविधि भित्र्याउने विषयमा छलफल


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच कर्णालीको कृषि विकास तथा प्रविधि हस्तान्तरणका विषयमा छलफल भएको छ ।

मुख्यमन्त्री तथा राजदूतबीच सोमबार भएको शिष्टाचार भेटमा दुई देशबीचको ऐतिहासिक तथा कूटनीतिक सम्बन्धका साथै कर्णाली प्रदेशको समग्र विकासका विषयमा कुराकानी भएको हो ।

भेटमा इजरायलले कृषि क्षेत्रमा हासिल गरेको आधुनिक प्रविधि कर्णालीको भौगोलिक परिवेशअनुकूल प्रयोग गर्ने, ‘सिक्दै सिकाउँदै’ कार्यक्रममार्फत युवालाई अवसर प्रदान गर्ने तथा इजरायलबाट फर्किएका नेपाली जनशक्तिको सीपलाई प्रदेशको कृषि रूपान्तरणमा उपयोग गर्ने विषयमा छलफल भएको मुख्यमन्त्री शाहीले जानकारी दिए।

राजदूत बासले कर्णालीको कृषि, खानेपानी, प्रविधि हस्तान्तरण तथा जनशक्तिको क्षमता विकासका क्षेत्रमा सहयोग र साझेदारी विस्तार गर्न इजरायल सकारात्मक रहेको बताए।

भेटमा सरकारी प्रणालीमार्फत इजरायलमा केयरगिभरका रूपमा रोजगारीको अवसर सिर्जना गर्ने, जनस्तरको सम्बन्ध विस्तार गर्ने, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि प्रविधि आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ८ : ०९ बजे

सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई

सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

सङ्खुवासभा – सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

झापा – तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट

पटाकाजन्य विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ

काठमाडौं – तिहारमा भाइ मसला बनाउन प्रयोग गर्ने म्याद गुज्रिएका

कर्णालीको कृषि विकासमा इजरायली प्रविधि भित्र्याउने विषयमा छलफल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली