१३ पटकको च्याम्पियन रियल च्याम्पियन्स लिगबाट बाहिरियो « Khabarhub

१३ पटकको च्याम्पियन रियल च्याम्पियन्स लिगबाट बाहिरियो


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस महारथि रियल मड्रिडलाई युईएफए च्याम्यिन्सलिग दोस्रो लेगमा पराजित गर्दै अजाक्सले क्वाटरफाइनलमा स्थान बनाएको छ । १३ पटकको युरोपिय च्याम्पियन रियल अजाक्ससँगको खेलमा पराजित हुँदै च्याम्पियन्सलिगबाट बाहिरिएको हो ।

मंगलबार राति स्टाडियो सान्टीयागो वर्नबेउमा भएको खेलमा रियल अजाक्ससँग ४—१ गोल अन्तरले पराजित भयो ।

२२ वर्षपछि अजाक्सले रियललाई पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको हो । रियलविरुद्ध आक्रामक देखिएको अजाक्सका लागि हाकिमी जियाइच र डेभिड नेरेसले लगातार ७ औं र १८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

पहिलो हाफमा २—० गोलले पछि परेको रियलविरुद्ध अजाक्सका डुसान ताडिकले ६२ औं मिनेटमा गोल गर्दै ३—० को फराकिलो अन्तर बनाएको थियो ।

३ गोलले पछि परेको रियलका लागि मार्को असेन्सोले ७० औं मिनेटमा अजाक्सविरुद्ध पहिलो गोल फर्काएका थिए । तर, त्यसको ठीक २ मिनेटपछि अजाक्सका लासे स्क्होनेले टिमका लागि चौथो गोल गर्दै रियललाई ४—१ अन्तरले पराजित गर्यो ।

शनिबारमात्रै बार्सिलोनासँग पराजित भएको रियलले लय समात्न नसक्दा च्याम्यिन्सलिगको यो सिजनको यात्रामा बिराम लागेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १० : १३ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ