एनपिएलमा सट्टेबाजी गराएको अभियोगमा  एक भारतीय युवक पक्राउ « Khabarhub

एनपिएलमा सट्टेबाजी गराएको अभियोगमा  एक भारतीय युवक पक्राउ


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन् । 

काठमाडौँ महानगरपालिका–१७ ठमेल बस्ने भारतको बिहार राज्य भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटबाट रु ८९ लाख ८१ हजार ७२९ बराबरको कारोबार गरेको खुल्न आएको छ ।

निजलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  १२ : १८ बजे

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडरको सहभागिता

पोखरा– नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.ले महिला

ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहा – सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको

सर्वसाधारणले खरिद गरेको सुनचाँदीका सिक्का (तस्बिरहररु)

काठमाडौं–  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाबाट सर्वसाधारणले सुनचाँदीका सिक्का खरिद

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की पुगे सर्वोच्च

काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध निवर्तमान

चार हजार करोडको ‘रामायण’ विश्वभर एकसाथ रिलिज, नेपालमा पनि दर्शकको उत्साह

काठमाडौं– बलिउडको अहिलेसम्मकै महँगो फिल्म मानिएको ‘रामायण’ बिहीबारदेखि नेपालसहित विश्वभरका