कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता « Khabarhub

कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारिरहेको प्रभाव र स्वास्थ्य प्रणालीको उत्थानशीलतासम्बन्धी विषयमा टर्कीएको अन्ताल्यामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा उच्चस्तरीय छलफलको अध्यक्षता गर्ने भएकी छन् ।

सम्मेलनअन्तर्गत सन् २०२६ नोभेम्बर ९ गते बिहान नेपाल पेभिलियनमा ‘जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्य स् एक विश्वव्यापी दृष्टिकोण’ विषयक छलफल आयोजना हुँदैछ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, इपास नेपाल र विश्व स्वास्थ्य सङ्गठन नेपालको सहकार्यमा आयोजना हुने उक्त कार्यक्रममा मन्त्री मेहता सत्र अध्यक्षका रूपमा सहभागी हुनेछिन् ।

छलफलमा जलवायु परिवर्तनका कारण जनस्वास्थ्यमा देखिएका चुनौती, जलवायुजन्य विपद्ले स्वास्थ्य सेवा प्रवाहमा पार्ने प्रभाव तथा जलवायु अनुकूल र उत्थानशील स्वास्थ्य प्रणाली निर्माणका विषयमा विभिन्न देशका प्रतिनिधि तथा अन्तरराष्ट्रिय साझेदारबीच विचार आदानप्रदान हुनेछ ।

जलवायु परिवर्तनका कारण बाढीपहिरो, अत्यधिक गर्मी, सङ्क्रामक रोगको बदलिँदो स्वरूप तथा खाद्य र पानीको असुरक्षा जस्ता समस्या बढ्दै गएका छन् । यस्ता जोखिमले स्वास्थ्य संस्थाको पूर्वाधार, स्वास्थ्यकर्मी, औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति र अत्यावश्यक स्वास्थ्य सेवामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले स्वास्थ्य क्षेत्रलाई जलवायु अनुकूलनका योजनामा प्राथमिकताका साथ समेट्नुपर्ने विषय छलफलमा उठाइनेछ ।

यस क्रममा जलवायु जोखिममा रहेका मुलुकको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य क्षेत्रका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तको उपलब्धता, स्वास्थ्यसम्बन्धी राष्ट्रिय अनुकूलन योजना कार्यान्वयन तथा जलवायुजन्य विपद्बाट हुने स्वास्थ्यसम्बन्धी हानि तथा नोक्सानीको मूल्याङ्कनका विषयमा नेपालको धारणा प्रस्तुत गरिनेछ ।

नेपालले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका प्रयासमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै अन्तरराष्ट्रिय सहकार्य, वित्तीय सहयोग र नीतिगत प्रतिबद्धता आवश्यक रहेको विषयलाई सम्मेलनमार्फत उठाउने तयारी गरेको स्वास्थ्यमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ८ : १३ बजे

कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनले

लुम्बिनीको इनिङ धराशायी

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको एक मात्र खेलमा

फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको आह्वान

पेरिस- फ्रान्सका विद्यार्थी र शिक्षक समूहहरूले मङ्गलबार हडतालको आह्वान गरेका

काठमाडौंविरुद्ध लुम्बिनीको खराब प्रदर्शन

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको एक मात्र खेलमा