सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो (तस्बिर) « Khabarhub

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो (तस्बिर)


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यमपञ्चकअन्तर्गत आज कुकुर तिहार मनाइएको छ। यस अवसरमा बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको पशु स्वास्थ्य तथा डग ह्यान्डलर उपशाखामा पनि विशेष कार्यक्रम आयोजना गरी कुकुर तिहार मनाइएको छ ।

कार्यक्रममा तालिमप्राप्त कुकुरहरूले अपराध अनुसन्धान, विस्फोटक पदार्थ तथा हातहतियार पहिचान, खोज तथा उद्धार र आधारभूत अनुशासनसम्बन्धी सीप प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा सीमाक्षेत्रमा परिचालन हुने विस्फोटक पदार्थ तथा हातहतियार पहिचान गर्ने कुकुर, अपराधीको खोजीमा प्रयोग हुने ट्र्याकर डग र भूकम्पजस्ता विपद्का बेला भग्नावशेषमा पुरिएका मानिसको खोजी तथा उद्धारमा परिचालन हुने कुकुरले आफ्नो क्षमता प्रस्तुत गरेका थिए। साथै, कुकुरलाई दिइने आधारभूत तालिम र अनुशासनसम्बन्धी अभ्याससमेत प्रदर्शन गरिएको थियो।

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्।

२०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोजस्ता विपद्मा खोज तथा उद्धार कार्यमा खटिएका थिए।

भोटेकोशी विपद्का क्रममा तीनवटा कुकुर परिचालन गरी कठिन भौगोलिक अवस्था, हिलो तथा मानिस पुग्न कठिन स्थानमा समेत खोजी गरिएको थियो। उक्त क्रममा कुकुरहरूले २० वटा शव फेला पार्न सहयोग गरेको थापाले जानकारी दिए।

कार्यक्रमको अन्त्यमा कुकुरहरूको पूजा गरी टीका, माला लगाइदिनुका साथै मिठा खानेकुरा खुवाएर कुकुर तिहार मनाइएको थियो।

मानिसको सुरक्षादेखि अपराध अनुसन्धान र विपद्का बेला खोज तथा उद्धारसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुकुरप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै सशस्त्र प्रहरीले कुकुर तिहार मनाएको हो।

तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  १० : ०२ बजे

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो (तस्बिर)

काठमाडौँ– यमपञ्चकअन्तर्गत आज कुकुर तिहार मनाइएको छ। यस अवसरमा बलम्बुस्थित

छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

पोखरा– पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक

मुन्दुम पदमार्गको जानकारी दिन ‘वेबसाइट’ सञ्चालन

भोजपुर– मुन्दुम पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य तथा पदयात्रासम्बन्धी आवश्यक

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योतिलाई

तनहुँ– तनहुँको भिमाद नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड

नरक चतुर्दशी स्नान र दीपदान गरियो

काठमाडौँ– अरुणोदयकालअघिको समयमा नदी, तलाउ, कुवा, पोखरी वा धारामा गई