ओलीले भने : सार्वजनिक सम्पत्ति जलाउने र लुटपाटले विश्वमा नेपालीको बदनाम भयो « Khabarhub

ओलीले भने : सार्वजनिक सम्पत्ति जलाउने र लुटपाटले विश्वमा नेपालीको बदनाम भयो


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव कायम गर्दै देशमा शान्ति कायम गर्नुपर्ने बताएका छन् । 

तिहार, नेपाल संवत् ११४७ न्हूदँ तथा छठ पर्वको अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले झूट र विध्वंसप्रति आपत्ति जनाउँदै सामाजिक सद्भाव कायम गर्दै देशमा शान्ति कायम गर्नुपर्ने बताएका हुन् ।

उनले समाजमा झूट बोल्ने, राष्ट्रिय सम्पत्तिमा आगो लगाउने, र लुटपाट गर्ने जस्ता कार्यले विश्वमा नेपाली जातिको बेइज्जत र बदनाम भएको उल्लेख गरे ।

उनले बुद्धको उपदेशबाट चलेको शान्तिको संस्कृतिलाई देशव्यापी बनाउनुपर्ने र घृणा फैलाउने संस्कृतिभन्दा सांस्कृतिक र शैक्षिक ढङ्गले मानिसको मनोभाव सुधार्नुपर्ने कुरामा जोड दिए । 

उनले नेपाली जाति गरी खाने र निर्माणकारी जाति भएको उल्लेख गर्दै मौलिक कला संस्कृतिले  संस्कृति, मनोभाव र आचरणलाई सकारात्मक बनाउने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ३ : १८ बजे

संरक्षणको अभावमा छेडेदह ताल

बाजुरा– छेडेदह ताल संरक्षणको अभावमा जोखिममा पर्दै गएको छ ।

मध्यावधि निर्वाचनपछि ट्रम्प र डेमोक्रेटबीच टकराव चुलियो, अनुसन्धानको चेतावनी

वासिङ्टन – अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि

जे–जीको ‘लुसिफर’ गीत ब्याकग्राउण्डमा राखेर प्रधानमन्त्रीले सार्वजनिक गरे नयाँ ‘लुक्स’

काठमाडौं– अमेरिकी र्‍यापर जे–जीको ‘लुसिफर’ गीत ब्याकग्राउण्डमा राख्दै प्रधानमन्त्री वालेन्द्र

ओलीले भने : सार्वजनिक सम्पत्ति जलाउने र लुटपाटले विश्वमा नेपालीको बदनाम भयो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव कायम

तिहारका पटाकाले बढाउँछ प्रदूषण

काठमाडौँ– आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती र