काठमाडौं– अमेरिकी र्यापर जे–जीको ‘लुसिफर’ गीत ब्याकग्राउण्डमा राख्दै प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नयाँ ‘लुक्स’ सार्वजनिक गरेका छन् ।
सोमबार दिउँसो उनले फेसबुकमार्फत् कालो चश्मा र कालै हाइनेक लगाएर कारभित्र खिचेकोे सेल्फी सार्वजनिक गरेका हुन् ।
तस्बिरमा उनले हातले कपाल समातेको र निधार चाउरिएको देखिन्छ । क्याप्सनमा उनले स्माइली फेस राखेका छन् ।
राजनीतिक टिप्पणीकार सौरभले एक टेलिभिजन अन्तरवार्ताका क्रममा ‘लुसिफर’ को संज्ञा दिएपछि यो शब्द चर्चित भएको थियो ।
प्रधानमन्त्री शाहले सोही शीर्षकको गीत ब्याकग्राउण्डमा राखेर सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेपछि चासो बढेको छ ।














प्रतिक्रिया