काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको २० औँ खेलमा काठमाडाैँ गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको छ। जितसँगै काठमाडाैँ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। एनपीएल तेस्रो संस्करणमा सबै टिमले पाँच खेल खेलिसक्दा तालिका रोचक बनेको छ ।
काठमाडाैँले ५ खेलबाट ४ जित र १ हारसहित ८ अंक जोडेर तालिकाको शीर्ष स्थान कब्जा गरेको छ। समान ५ खेलबाट ७ अंक जोडेको लुम्बिनी लायन्स दोस्रो स्थानमा छ ।
६ अंकसहित सुदूरपश्चिम रोयल्स तेस्रो र ५ अंक जोडेको चितवन राइनोज चौथो स्थानमा रहेका छन्। जनकपुर बोल्ट्स, विराटनगर किंग्स र कर्णाली याक्सको समान ४-४ अंक छ भने पोखरा एभेन्जर्स २ अंकसहित तालिकाको पुछारमा छ।
तस्बिर: एनपीएल र क्यान




















प्रतिक्रिया