काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् ।
भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेको उनी आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । ६५ वर्षीय रायमाझी ज्येष्ठ नागरिकको सुविधा पाएर रिहा भएका हुन् ।
रायमाझीले काठमाडौँ जिल्ला अदालतमा दिएको निवेदनका आधारमा अदालतले रायमाझीलाई ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त गर्नु भन्दै कारागारलाई पत्राचार गरेको थियो ।
रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८० वैशाख २० मा पक्राउ परेका थिए । काठमाडौँ जिल्ला अदालतले उनलाई २०८३ असार ३० मा चार वर्ष कैद सजाय हुने फैसला गरेको थियो । तर ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट पाएर उनी रिहा भएका हुन् ।














प्रतिक्रिया