पोखरामा जिप दुर्घटना, एकजनाको मृत्यु, १२ घाइते « Khabarhub

पोखरामा जिप दुर्घटना, एकजनाको मृत्यु, १२ घाइते


२६ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् ।

घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गएराति सडकबाट अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पु¥याइएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका पर्वत घर भई हाल पोखरा महानगरपालिका–२४ पामे बस्दै आएका २३ वर्षीय मिलन गुरुङको मृत्यु उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए ।

दुर्घटनामा घाँटीछिनाका १५ वर्षीय विवेक विक, चैनपुरका १६ वर्षीय विवस पराजुली र पोखरा–२३ का १४ वर्षीय अमित सुनार घाइते भएका छन् ।

त्यस्तै, घाँटीछिनाकै १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीय मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार र १३ वर्षीय सन्जल सुनार घाइते भएका छन् ।

यसैगरी, सोही ठाउँका १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री घाइते भएको प्रहरी निरीक्षक देवकोटाले जानकारी दिए । घाइतेहरुको अवस्था मध्यम रहेको र टाउको, हात, खुट्टालगायत शरीरका भागमा चोट रहेको बताइन्छ ।

प्रहरीले जिपका चालक पोखरा–२४ लौरुक बस्ने २३ वर्षीय टोकबहादुर गुरुङलाई नियन्त्रणमा लिएको र दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ८ : ५१ बजे

मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु, ५ घाइते

काठमाडौँ– मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा

पोखरामा जिप दुर्घटना, एकजनाको मृत्यु, १२ घाइते

कास्की– पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

टोपबहादुर रायमाझी कारागारबाट रिहा

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका एमाले नेता एवं

भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जना गम्भीर घाइते

काठमाडौँ– मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटना हुँदा १० जना गम्भीर घाइते

दमौली खेलमैदान स्तरोन्नति गरिँदै

तनहुँ– ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न नसक्दा सेभेन ए साइड