हर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान « Khabarhub

हर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान


२६ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले अमेरिका र इजरायलसँगको युद्धपछि हर्मुजको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने स्पष्ट पारेको छ ।

इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले हर्मुजको निगरानी र व्यवस्थापनका विषयमा इरान र ओमानबीच समझदारी भएको बताएका छन् ।

अल जजिरासँगको अन्तर्वार्तामा उनले युद्ध अन्त्यका लागि अमेरिकासमक्ष सातबुँदे प्रस्ताव पठाइएको र कतारमार्फत जवाफको प्रतीक्षा भइरहेको जानकारी दिए ।

प्रस्तावमा अमेरिकी नौसैनिक नाकाबन्दी तथा प्रतिबन्ध हटाउनुपर्ने, रोक्का राखिएका इरानी रकम फुकुवा गर्नुपर्ने, सबै मोर्चामा शत्रुता अन्त्य गर्नुपर्ने र युद्ध समाप्त भएको औपचारिक घोषणा गर्नुपर्ने सर्त समेटिएका छन् ।

गालिबफले हर्मुज जलघाँटीको व्यवस्थापन तटीय मुलुकहरूको अधिकार क्षेत्रभित्र पर्ने दाबी गर्दै त्यससम्बन्धी नियम इरान र ओमानले निर्धारण गर्नुपर्ने बताए। अमेरिकाले सहमति पालना गरे इरान सम्झौताका लागि तयार रहेको उनको भनाइ छ ।

तर, दुई देशबीच विश्वासको अभाव वार्ताको प्रमुख बाधक रहेको उनले उल्लेख गरे।

उनले रुसको सम्भावित मध्यस्थताबारे पनि चर्चा गर्दै अमेरिकी अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई इरानसँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेको दाबी गरे।

अमेरिकाले पुनः आक्रमण गरे राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को पराजय बेहोर्नुपर्ने चेतावनीसमेत गालिबफले दिएका छन् ।

इरानको पछिल्लो अडानले युद्धपछिको सम्भावित सम्झौतामा हर्मुज जलघाँटीको नयाँ व्यवस्थापन प्रमुख मुद्दा बन्ने सङ्केत गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  १ : ४७ बजे

बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम

काठमाडौँ– विश्वका ७० प्रतिशत देशमा बहुप्रकोपीय पूर्वसूचना प्रणाली विस्तार भए

सिटी सफारीको ठक्करबाट झापामा ७० वर्षीया महिलाको मृत्यु

भद्रपुर – झापाको मेचीनगरमा सिटी सफारीको ठक्करबाट एक वृद्धाको मृत्यु

हर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान

तेहरान– इरानले अमेरिका र इजरायलसँगको युद्धपछि हर्मुजको व्यवस्थापन युद्धअघिको अवस्थामा

भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त

ललितपुर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी

एनपीएलमा कस्तो रह्यो डेभिड वार्नरको प्रदर्शन ?

काठमाडौँ– काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा