यूएईमा ट्रकले २८ सवारीसाधनलाई ठक्कर दिँदा १४ जनाको मृत्यु « Khabarhub

यूएईमा ट्रकले २८ सवारीसाधनलाई ठक्कर दिँदा १४ जनाको मृत्यु


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा एक ट्रकले नियन्त्रण गुमाएर अन्य सवारीसाधनलाई ठक्कर दिँदा १४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

यूएईको गृह मन्त्रालयका अनुसार दुर्घटनामा पाँच ट्रकसहित २८ वटा सवारीसाधन संलग्न थिए । मध्यरात हुनुभन्दा केही समयअघि फुजैराहको प्रवेशद्वारमा उक्त दुर्घटना भएको हो । त्यसबेला सडकमा सवारीसाधनको गति सुस्त थियो ।

ट्रकले अन्य सवारीसाधनलाई ठक्कर दिएपछि आगलागी भएको र आगो आसपासका अन्य गाडीमा समेत फैलिएको मन्त्रालयले जनाएको छ । आगलागीका कारण ठूलो मानवीय क्षति भएको बताइएको छ।

दुर्घटनामा घाइते भएका ३७ जनालाई उपचारका लागि अस्पताल लगिएको फुजैराह प्रहरीले जनाएको छ । मृत्यु भएकाहरूको पहिचानका लागि डीएनए परीक्षण भइरहेको छ ।

प्रहरीका अनुसार मृतकमा यूएईका नागरिकसमेत रहेका छन् । यूएईस्थित भारतीय वाणिज्य दूतावासले दुर्घटनामा भारतीय नागरिकको पनि मृत्यु भएको पुष्टि गरेको छ ।

दूतावासले मृतकका परिवारसँग सम्पर्कमा रहेर स्थानीय अधिकारीहरूसँगको समन्वयमा आवश्यक सहयोग उपलब्ध गराउने प्रयास भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ८ : ३१ बजे

यूएईमा ट्रकले २८ सवारीसाधनलाई ठक्कर दिँदा १४ जनाको मृत्यु

एजेन्सी– संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा एक ट्रकले नियन्त्रण गुमाएर

तनहुँमा बलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–११ गोटपानीमा बलेरो जिप दुर्घटना हुँदा चालकसहित

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु, पाँच घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१५ मा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा

सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङ– बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि

इरानसँग सम्झौता गर्न अमेरिकालाई आवश्यकता छैन : ट्रम्प

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै सम्झौता गर्न अमेरिकालाई