क्षेत्रीय स्वास्थ्य सहकार्य बलियो बनाउन बिम्स्टेक राष्ट्रलाई मन्त्री मेहताको आग्रह « Khabarhub

क्षेत्रीय स्वास्थ्य सहकार्य बलियो बनाउन बिम्स्टेक राष्ट्रलाई मन्त्री मेहताको आग्रह


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिम्स्टेक सदस्य राष्ट्रहरूबीच क्षेत्रीय स्वास्थ्य सहकार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेकी छन् ।

श्रीलङ्काको कोलम्बोमा हालै आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले स्वास्थ्य चुनौतीहरू राष्ट्रिय सीमामा सीमित नरहने भएकाले सदस्य राष्ट्रबीच समन्वय, सूचना आदानप्रदान र प्राविधिक सहकार्य आवश्यक रहेको बताएकी छन् ।

मन्त्री मेहताले सङ्क्रामक रोग, एन्टिमाइक्रोबियल प्रतिरोध, पशुजन्य रोग तथा जलवायु परिवर्तनबाट उत्पन्न स्वास्थ्य जोखिम कुनै एक देशको सीमाभित्र मात्र सीमित नहुने उल्लेख गरिन्

कोभिड–१९ महामारीले कुनै पनि देशले ठूलो स्वास्थ्य सङ्कटको सामना एक्लै गर्न नसक्ने पुष्टि गरेको भन्दै उनले क्षेत्रीय सहकार्यलाई समावेशिता, समानता, आपसी विश्वास र व्यावहारिक साझेदारीमा आधारित बनाउनुपर्नेमा जोड दिइन्।

उनले नेपालमा उद्धार तथा राहत कार्यका क्रममा बिम्स्टेक सदस्य राष्ट्रसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग, सद्भाव र ऐक्यबद्धताप्रति आभारसमेत व्यक्त गरिन्।

मन्त्री मेहताको निजी सचिवालयले उहाँको भनाइ उद्धृत गर्दै बैठकमा क्षेत्रीय स्वास्थ्य सहकार्यको आवश्यकता औँल्याइएको जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  १२ : ३५ बजे

चार जना न्यायाधीश सर्वोच्च अदालतमा नियुक्त

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा

इरान युद्धबाट ध्यान हटाएर अपराध नियन्त्रणमा केन्द्रित हुन भान्सलाई ट्रम्पको निर्देशन

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरान युद्धबाट

क्षेत्रीय स्वास्थ्य सहकार्य बलियो बनाउन बिम्स्टेक राष्ट्रलाई मन्त्री मेहताको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिम्स्टेक सदस्य राष्ट्रहरूबीच क्षेत्रीय

टस जितेर काठमाडौँले सुदूपश्चिमलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा

छठपर्वका लागि सिँगारिँदै छठघाट (तस्बिरहरू) 

सिरहा- आस्थाको महापर्व छठ नजिकिँदै जाँदा सिरहाका विभिन्न नदी, नाला, तलाउ