काठमाडौ- सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार राति १० बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको झट्काले सुत्न ठिक्क परेका स्थानीय झसंग भएका छन् । भूकम्पको धक्का काठमाडौंसहित, भक्तपुर, ललितपुर, नुवाकोट, काभ्रे लगायत आसपासका जिल्लामा समेत महसुस भएको छ ।
२०७२ साल वैशाख १२ को विनाशकारी गोरखा भूकम्पपछि स-साना परकम्पहरु जाने गरेका छन् ।
प्रतिक्रिया