काठमाडौँ– देशका ऐतिहासिक तथा पौराणिक तीर्थस्थलको पहिचान, संरक्षण र प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ ।
तीर्थ प्रचार महाअभियानले आजदेखि गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आयोजना गरेको महायज्ञमा महेश सन्न्यास आश्रमका प्रमुख रमणानन्द गिरिले ओझेलमा परेका तीर्थस्थलको प्रचारप्रसारमा जोड दिए ।
अभियानका अध्यक्ष दीपेशकिशोर भट्टराईले ओझेलमा परेका तीर्थस्थलको खोज, अनुसन्धान, अभिलेखीकरण र प्रचारप्रसारमा नयाँ पुस्ता सहभागी हुनुपर्छ भने।
सनातन धर्म संरक्षणको अभियानमा होमिएका पुष्पराज पुरुषले परिचित मठमन्दिरमा मात्र सीमित नभई ओझेलमा परेका ऐतिहासिक तथा पौराणिक तीर्थस्थलको पहिचान र प्रवर्द्धनमा पनि ध्यान दिनुपर्ने बताए ।
गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महतले महायज्ञ सफल बनाउन स्थानीय तहबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।














प्रतिक्रिया